टोखा ६ मा वृक्षारोपण र सडक नाटक कार्यक्रम सम्पन्न वडा अध्यक्ष पौडेलको नेतृत्वमा बालमैत्री अभियान
टाेखा, काठमाडौं । टोखा नगरपालिका वडा नं. ६ हात्तीडोल क्षेत्रमा असार ७ गते शनिबार बिहान वृक्षारोपण तथा बालबालिकालाई लक्षित जनचेतनामूलक सडक नाटक कार्यक्रम सम्पन्न गरिएको छ ।
गरिमा विकास बैंकको वित्तीय सहयोग तथा वडा कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा वडा वाल सञ्जाल, समुदायस्तरका वाल क्लब, वडा अध्यक्ष शान्ता पौडेलसहित वडा सदस्यहरू, स्थानीय अभिभावक र बालबालिका सक्रिय रूपमा सहभागी भए ।
वडा अध्यक्ष पौडेलले वातावरण संरक्षण र बालमैत्री समाज निर्माणका लागि यस किसिमका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै सहभागी सम्पूर्णप्रति आभार प्रकट गर्नुभयो । कार्यक्रमको दोस्रो चरणमा वालवालिकाहरूले लागू औषध दुर्व्यसनविरुद्ध जनचेतना फैलाउने उद्देश्यले सडक नाटक प्रस्तुत गरेका थिए ।
यस कार्यक्रमले वातावरणीय चेतना र बाल संरक्षणप्रतिको सामाजिक उत्तरदायित्व दुवैलाई सम्बोधन गरेको वडा अध्यक्ष पौडेलले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखा ६ मा वृक्षारोपण र सडक नाटक कार्यक्रम सम्पन्न वडा अध्यक्ष पौडेलको नेतृत्वमा बालमैत्री अभियान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्