कैलालीमा कैदी मृत्यु प्रकरण : प्रहरीका सई पक्राउपछि परिवारले बुझ्यो शव
चौमाला (कैलाली), असार ६ गते । कैलाली कारागारमा कैद भुक्तान गरिरहेको अवस्थामा मृत्यु भएका डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिस सिंह पालीको परिवारले पाँच दिनपछि शव बुझेको छ ।
पालीकी श्रीमती जानकी साउँदले दिएको किटानी जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक सई हरजीत नाथलाई पक्राउ गरेपछि मृतकका परिवारले शव बुझेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी राजकुमार सिंहले पालीको शव परीक्षणपछि शुक्रबार बिहान पीडित पक्षले शव बुझेको जानकारी दिनुभयो । उहाँकाअनुसार मृतककी श्रीमतीको किटानी जोहरीका आधारमा सई नाथलाई पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।
नाथ मृतक पाली प्रतिवादी रहेको बैंकिङ कसुर मुद्दाका वादी समेत हुन् । नाथले दिएको मुद्दामा पालीलाई जिल्ला अदालतले २०८० सालको फागुनमा १० दिन कैद र दुई लाख जरिवाना हुने फैसला गरेको थियो । अहिले मृतककी श्रीमतीले उनीविरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गर्नुभएको छ ।
मृतककी श्रीमती साउँदले नाथकै योजनामा कारागारभित्र कुटपिट गरी श्रीमानको हत्या गरिएको आरोप लगाउदै बुधबार कारागार प्रमुख बसन्त बहादुर खत्रीसहितका पाँच जनाविरुद्ध किटानी जाहेरी दिनुभएको थियो । तर कैलाली प्रहरीले उहाँलाई जाहेरी सच्याएर ल्याउन भनेपछि बिहीबार भने नाथविरुद्ध मात्र जाहेरी दिइएको थियो ।
२९ जेठमा डडेल्धुराबाट पक्राउ परेका पालीलाई कैलाली प्रहरीले ३० गते धनगढी ल्याएको थियो । ३१ गते शनिबार पक्राउ परेका कारण उनलाई असार १ गते मात्र अदालत पेस गरिएको थियो । अदालतले पालीलाई सोही दिन कैद भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको थियो ।
तर असार २ गते राति १०ः३० बजे कारागारका बाथरुम नजिकै पाली अचेत अवस्थामा भेटिएपछि सेती प्रादेशिक अस्पताल लगिएकोमा सोही राति मृत्यु भएको थियो । मृतक पालीका शरीरमा चोटपटक समेत देखिएका कारण परिवारले उनको योजनाबद्ध हत्या गरेको आरोप लगाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कैलालीमा कैदी मृत्यु प्रकरण : प्रहरीका सई पक्राउपछि परिवारले बुझ्यो शव
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्