नवलपरासीमा यात्रुबाहक बस बगायाे, ४० यात्रुकाे उद्दार
रूपन्देही । पूर्वबाट पश्चिमतर्फ आएकाे भे१ख ४०८५ नम्बरको बस नवलपुरस्थित विनयी खाेलामा आएकाे बाढीले बगाएको छ ।
गयराती बाढीले करिब ४० यात्रु बाेकेकाेे साे बस बगाएपछि प्रहरीले बीचबाट उनीहरूकाे उद्दार गरेपनि बस भने नभेटिएकाे नवलपुर प्रहरीका सूचना अधिकारी डिएसपी मधु नेपालले जनाएका छन् ।
लगातारको वर्षाका कारण आएको बाढी र पहिरोले पूर्व-पश्चिम राजमार्गको नारायणगढ-बुटवल सडक खण्ड अवरुद्ध भएको थियाे । प्रहरीले बिहीबार बिहानै सूचना जारी गर्दै यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको थियाे । तर केही बसहरू सूचना अटेरी गरि चलाएका थिए ।
केही दिनयताको लगातार अविरल वर्षाले विनयी खोलामा पानीको सतह बढेर डाइभर्सनमा क्षति पुगेको छ भने दुम्कीबास-दाउन्ने खण्डमा पर्ने विश्वकर्मा मन्दिर र झ्युखोलामा सडक चिप्लो भई सवारी साधन फस्ने तथा चिप्लने समस्या भएकाले आवागमन पूर्ण रूपमा प्रभावित बनेको प्रहरीले जनाएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #४० यात्रुकाे उद्दार, #breaking, #नवलपरासीमा यात्रुबाहक बस बगायाे
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्