समृद्ध र सेवा केन्द्रित नगर निर्माणमा प्रतिबद्ध छौं : मेयर अधिकारी
टोखा, काठमाडौं । टोखा नगरपालिकाको सत्रौँ नगरसभा अधिवेशन २०८२ असार ५ गते नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ । अधिवेशनको प्रमुख आकर्षण नगरप्रमुख प्रकाश अधिकारी को सम्बोधन रह्यो, जसमा उनले समृद्ध, शासकीय दक्ष र नागरिकमैत्री नगर निर्माणमा आफ्नो प्रतिबद्धता दोहोर्याए ।
“नगरपालिकाको विकास भौतिक पूर्वाधारमा मात्र सीमित हुन हुँदैन, जनतालाई छिटो र प्रभावकारी सेवा दिन सक्ने प्रशासनिक क्षमता निर्माण हाम्रो प्रमुख लक्ष्य हो,” मेयर अधिकारीले स्पष्ट गरे।
उनले चालु आर्थिक वर्षको समिक्षा गर्दै आगामी वर्षका लागि शिक्षा, स्वास्थ्य, सरसफाइ र डिजिटल प्रशासनका क्षेत्रमा विशेष प्राथमिकता दिइने बताए । साथै, नागरिकको प्रत्यक्ष सहभागितामा योजना निर्माण र कार्यान्वयन गरिने उनको भनाइ थियो ।

नगरप्रमुखको नेतृत्वमा सम्पन्न यस नगरसभामा उपप्रमुख, वडा अध्यक्षहरू, कर्मचारी, कार्यपालिका सदस्य, सरोकारवाला निकाय, नागरिक समाज, पत्रकार लगायतका उल्लेख्य उपस्थिति रहेको थियो।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #समृद्ध र सेवा केन्द्रित नगर निर्माणमा प्रतिबद्ध छौं : मेयर अधिकारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्