आफैले गरेको निर्णयबाट पछि हटे मेयर बालेन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह आफैले गरेको निर्णयबाट पछि हटेका छन् ।
मेयर बालेनले गत जेठ १ गते सूचना प्रविधि समिति संयोजकबाट नवीन मानन्धरलाई हटाएर काठमाडौँ–५ का वडाध्यक्ष वीरेन्द्र प्रजापति, सुशासन समिति संयोजकबाट काठमाडौँ–२६ का वडाध्यक्ष ख्यामराज तिवारीलाई हटाएर वडा नम्बर–३० का अध्यक्ष दलबहादुर कार्की, सम्पदा तथा पर्यटन समिति संयोजकबाट काठमाडौँ–८ का वडाध्यक्ष आशामान संगतलाई हटाएर वडा नम्बर–२४ का अध्यक्ष विनोदकुमार राजभण्डारीलाई जिम्मेवारी तोकेका थिए ।
तर उक्त निर्णयबाट मेयरपछि हट्दै पुरानै जिम्मेवारी दिएको एक वडा अध्यक्षले जानकारी दिए । उनका अनुसार वडा अध्यक्षहरुको दबाब र नयाँ जिम्मेवारी नलिने बताएसँगै पुरानै जिम्मेवारी दिन मेयर तयार भएका छन् ।
हचुवाका भरमा र निर्णय गर्दै मेयर साहले आफूहरूलाई हटाएको भन्दै वडाध्यक्षहरू आशाराम संगत, मचाराजा महर्जन, ख्यामराज तिवारी र नवीन मानन्धरले विरोध गरेका थिए । उनीहरूले कार्यपालिकाको निर्णय विना आफू खुशी निर्णय नगर्न मेयर साहलाई चेतावनी समेत दिएका थिए ।
नयाँ जिम्मेवारी पाएका वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापति, वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की र वडा नम्बर ८ का अध्यक्ष विनोदकुमार राजभण्डारीले संयुक्त हस्ताक्षर गर्दै कार्यपालिकाले जिम्मेवार अनुमोदन नगरेको भन्दै मेयर बालेनलाई पत्र पठाएर पद अस्वीकार गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #आफैले गरेको निर्णयबाट पछि हटे मेयर बालेन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्