साङ्ला–कुन्चिप्वाकल–ढकालचौर तिन करोड विनियोजित सडकको मन्त्री अमन मास्केद्वारा शिलान्यास
काठमाडौं । तारकेश्वर वडा नं. १ को ढकालचौर हुँदै झण्डा पार्क जाने सडकको आज बिहान शिलान्यास भएको छ । १ वर्षभित्र कार्य सक्ने गरी पूर्वाधार विकास कार्यालय ललितपुरबाट टेण्डर भएको सडक निर्माणको शिलान्यास बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमन मास्केले गर्नुभएको छ ।
शिलान्यास कार्यक्रमपछि बोल्दै मन्त्री मास्केले तारकेश्वरमा पूर्वाधार विकासमा यसपटक आवश्यकताअनुसार प्रदेश सरकारले बजेट विनियोजन गरेको हुँदा सफलतापूर्वक काम गर्न जनताले सक्रियता देखाउनु पर्ने बताउनुभयो । मन्त्री मास्के अर्को एक प्रसङ्गमा आफु जन्मिएको भूमिको विकासका लागि दिन रात नभनी विकासमा लागि रहेको बताएका छन् । तारकेश्वरमा पुल, करिडोर सडक र मुख्य सडकहरुमा बजेट विनियोजन गरेको बताएका छन् । सबै वडाहरुमा त्यहाँको आवश्यकता हेरेर बजेट विनियोजन भएको छ ।
शिलान्यास कार्यक्रममा बोल्दै पूर्वाधार विकास कार्यालयका इन्जिनियर बुद्धिराज नेपालीले ३ करोड ३० लाखको कार्य सुरु भएको छ । ५.५ मिटर चौडाई भएको ८ इन्चको ढलान ५ सय मिटर बन्ने इन्जिनियर नेपालीले बताए ।
कार्यक्रममा सो वडाका वडाअध्यक्ष बिदुर सापकोटासहित स्थानीयहरुको बाक्लो सहभागिता रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #साङ्ला–कुन्चिप्वाकल–ढकालचौर तिन करोड विनियोजित सडकको मन्त्री अमन मास्केद्वारा शिलान्यास
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्