तीन दिने मोबाइल पत्रकारिता तालिम सम्पन्न
खाँदबारी (सङखुवासभा), ३ असार । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालित तीन दिने अनलाइन मल्टिमिडिया पत्रकारिता तालिम सङखुवासभामा सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ सङखुवासभा शाखाले आयोजना गरेको तालिम असार १ गतेदेखि खाँदबारीमा सुरु गरिएको थियो।
सहभागीहरूलाई मोबाइल पत्रकारिता (मोजो) का विविध पक्षमा व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो। प्रशिक्षक विकास कार्कीले भिडियो सम्पादन, ध्वनि तथा फोटो सम्पादन, ग्राफिक्स डिजाइन, क्यामेरा सञ्चालन, भिजुअल स्टोरीटेलिङ, र सामाजिक सञ्जालमा सामग्री व्यवस्थापन जस्ता विषयमा प्रशिक्षण दिनुभएको थियो। पत्रकार सुरेन शाक्यले तालिमबाट ग्राउन्ड रिपोर्टिङ थप प्रभावकारी हुने धारणा राख्नुभयो।
मंगलबार भएको समापन कार्यक्रममा जिल्ला समन्वय समिति सङखुवासभाका प्रमुख सुमन शाक्यले सहभागी पत्रकारहरूलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभयो। उहाँले यस्ता तालिमहरूले सञ्चारकर्ममा नयाँ आयाम थप्ने उल्लेख गर्नुहुदै पत्रकारहरूलाई अझ उत्तरदायी, सक्षम र प्रविधिसम्पन्न बनाउने विश्वास व्यक्त गर्नुभयो।
जिल्लाका २५ जना सक्रिय पत्रकारहरूको सहभागिता रहेको सो तालिम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ। सहभागीहरूले मोबाइल उपकरणको प्रयोगमार्फत व्यावसायिक समाचार संकलन तथा सम्प्रेषणमा दक्षता हासिल गर्ने अपेक्षा गरिएको छ।
–––––
क्याटेगोरी : समाचार
ट्याग : #आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेश, #नेपाल पत्रकार महासंघ सङखुवासभा, #मोबाइल पत्रकारिता (मोजो), #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्