दुर्गा प्रसाईँको ‘आओ आओ’ भिडिओ बनाउने प्रकाशचन्द्र दाहाल ५ हजार धरौटीमा रिहा
काठमाडौं । चैत १५ गते तीनकुनेको राजावादी आन्दोलनका क्रममा दुर्गा प्रसाईँको गाडीभित्र बसेर उनको उत्तेजक हर्कतको भिडिओ खिच्ने नेपाल पुकार युट्युव च्यानलका सञ्चालक प्रकाशचन्द्र दाहाललाई ५ हजार धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतमा भएको थुनछेक बहसपछि दाहाललाई धरौटीमा छाड्न आदेश दिइएको हो ।
प्रसाईँसहित ६१ जनाविरुद्ध मुद्दा दर्ता हुँदा प्रकाशचन्द्र दाहाल पनि परेका थिए । उनीविरुद्ध राज्यविरुद्धको कसूर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराधसहित ६ वटा मुद्दा लगाइएको थियो । सोही दिनदेखि फरार दाहाल अदालतमा बयानका लागि हाजिर भएका थिए ।
प्रसाईँ बानेश्वरतर्फ आफ्नो गाडीमा बसेर आन्दोलनकारीहरूलाई ‘आओ आओ’ भन्दै उक्साइरहेको भिडिओ प्रकाशचन्द्रले प्रसारण गरिरहेका थिए । प्रसाईँको गाडीले प्रहरीलाई नै किचेर अघि बढ्न खोजेपछि स्थिति भड्किएको थियो ।
दाहालले भने आफूले पत्रकारका रूपमा एक्सक्लुसिभ भिडिओ खिच्नेबाहेक अरु भूमिका नरहेको भन्दै प्रहरीले आफ्नो कमजोरी लुकाउन उल्टो मुद्दा चलाएको गुनासो गर्दै आएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #दुर्गा प्रसाईँको ‘आओ आओ’ भिडिओ बनाउने प्रकाशचन्द्र दाहाल ५ हजार धरौटीमा रिहा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्