प्रतिनिधिसभाको असारको पाक्षिक क्यालेन्डर- शुक्रबार प्रधानमन्त्रीसँग प्रश्नोत्तर, कार्यसूचीमा छैन शिक्षा विधेयक
काठमाडौं । प्रतिनिधिसभाको असार महिनाको पहिलो पाक्षिक क्यालेन्डर तय भएको छ । क्यालेन्डरअनुसार असार १४ गतेसम्म ११ वटा बैठक बस्नेछ ।
क्यालेन्डरमा असार १० गतेसम्म निरन्तर र त्यसपछि १४ गते बैठक बस्ने उल्लेख छ । यद्यपि रास्वपाको सदन अवरोधका कारणले क्यालेन्डरमा भएअनुसार आज बैठक बसेको छैन । ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर, ७ र १४ गते शनिबार पनि बैठक बस्ने क्यालेन्डरमा उल्लेख छ ।
बजेटमाथि छलफल गर्नुको साथ निजामती विधेयक पारित गर्ने उल्लेख छ । सरकारले असार १५ गतेभित्र शिक्षा विधेयक पारित गर्ने सहमति गरेको भए पनि १४ गतेसम्मको क्यालेन्डरमा यो परेको छैन ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कार्यसूचीमा छैन शिक्षा विधेयक, #प्रतिनिधिसभाको असारको पाक्षिक क्यालेन्डर- शुक्रबार प्रधानमन्त्रीसँग प्रश्नोत्तर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्