रास्वपाकी सांसद विनिता कठायत बिहे गर्दिन, तर ब्वाइफ्रेण्ड छ’ भन्ने अभिव्यक्तिपछि सामाजिक सञ्जालमा चर्को आलोचना
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायत विवाह र सम्बन्धबारे दिएको अभिव्यक्तिका कारण सामाजिक सञ्जालमा चर्को आलोचनाको सामना गरिरहेकी छन्।
हालै एक पोडकास्ट अन्तर्वार्तामा उनले आफ्नो व्यक्तिगत सम्बन्धबारे बोल्दै भनिन्, “आई ह्याभ अ ब्वाइफ्रेण्ड, हि इज भेरी नाइस, बट मैले उहाँलाई भनेकी छु, आई डन्ट वान्ट टु गेट म्यारिड।” साथै उनले विवाह नगरी पनि सन्तान जन्माउने विकल्पबारे खुलासा गरेकी छन्।
उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालमा उनको आलोचना भइरहेको छ। कतिपय प्रयोगकर्ताले सार्वजनिक व्यक्तित्व भएर समाजलाई अराजकताको दिशामा धकेल्ने अभिव्यक्ति दिएको आरोप लगाएका छन्।
सामाजिक सञ्जाल प्रयोगकर्ता प्रभाकर दवाडीले लेखेका छन्, “रास्वपाले त समाजलाई अराजकतातिर लान खोजिरहेको जस्तो लाग्यो।” भुवन कठायत नामक प्रयोगकर्ताले टिप्पणी गर्दै भनेका छन्, “काँग्रेस र कम्युनिष्टले देश बिगार्न तीन दशक लगाए, रास्वपाले त तीन वर्षमै तहसनहस पार्न लागे।”
यस्तै, नेता माधव नेपालले पनि उक्त विषयमा टिप्पणी गर्दै रास्वपा ‘जान्नेहरूको पार्टी’ भए पनि यस्तो अभिव्यक्तिबाट जनतामा भ्रम फैलन सक्ने बताएका छन्। उनले भने, “उनको कुरा व्यक्तिगत हो, तर सार्वजनिक व्यक्तित्व भएर यस्ता संवेदनशील विषयमा विवेकपूर्वक नबोलेको भए राम्रो हुने थियो।”
विनिता कठायतले भने हालसम्म यस विषयमा कुनै प्रतिक्रिया दिएकी छैनन्। पार्टीले औपचारिक धारणा सार्वजनिक गरेको छैन।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रास्वपाकी सांसद विनिता कठायत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्