प्रशासकीय अधिकृबिना बजेटकाे छलफल चलाउने बालेनको प्रयासमा ब्रेक, आज बाेलाएकाे बैठक रद्द
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आज डाकेको ‘स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति’ को बैठक रद्द गरिएको छ ।
सदस्य सचिवसमेत रहेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई खबरै नगरी बैठक राख्ने बालेनको तयारीमा ब्रेक लागेको हो । उपमेयर, कार्यपालिका सदस्य र नगरसभा सदस्यहरूले कार्यपालिकालगायतका बैठक राख्न मेयरलाई निरन्तर दबाब दिँदै आएका छन् ।
प्रशासनका कर्मचारीलाई प्रस्ताव तयार पार्न लगाएर उनले आज बिहान ११ बजेका लागि बैठक बोलाएका थिए । तर, सदस्य सचिवबिनाको बैठकबारे सदस्यहरूले वैधानिकताको कुरा उठाएपछि मेयर पछि हटेका हुन् ।
समितिको सदस्यसमेत रहेकी कार्यपालिका सदस्य अनिता कार्की (ढोली) ले आजलाई बैठक डाकिएपनि मेयरको सचिवालयबाट नबस्ने सूचना आएको बताइन् ।
उनले भनिन्, ‘हिजो मेयरज्यूकै सचिवालयबाट बैठक भनेर खबर आएको थियो । आज फेरि नबस्ने भयो भनेर खबर गर्नुभयो । अब कहिले बस्छ थाहा छैन ।’
प्रशासकीय अधिकृत गुरागाईँले पनि बैठक डाकिएकोबारे आफूलाई केही थाहा नभएको बताए ।
असार १० सम्ममा स्थानीय तहले बजेट पेश गरी मसान्तासम्म पारित गरिसक्नुपर्ने कानूनी बाध्यता छ । तर, मेयर संयोजक रहेको स्रोत अनुमान तथा बजेट समितिको बैठक अहिलेसम्म बस्न नसकेपछि महानगरमा अन्योल भएको छ ।
उक्त समितिको सदस्यमा उपमेयर सुनिता डंगोलसँगै कार्यपालिका सदस्यहरू नवीन मानन्धर, नवराज पराजुली, मैयालक्ष्मी महर्जन, अनिता कार्की (ढोली) छन् ।
महानगरको कार्यपालिका र नगर सभा पनि अनिश्चित छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #आज बाेलाएकाे बैठक रद्द, #प्रशासकीय अधिकृबिना बजेटकाे छलफल चलाउने बालेनको प्रयासमा ब्रेक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्