राष्ट्रिय वाणिज्य बैंक खाँदबारी शाखाद्धारा बाल गृहलाई सहयोग
संखुवासभा- राष्ट्रिय वाणिज्य बैंक खाँदबारी शाखाले बाल गृह खाँदबारीलाई सहयोग वितरण गरेको छ । बैंकको शाखाले खाद्यन्न र ग्याँस एक कार्यक्रम विच बाल गृहका बालबालिकाहरुलाई खाद्य सामग्री वितरण गरिएको बैंकका शाखा प्रबन्धक अनिष रायमाझीले बताउनुभयो । बैंकले ६० केजी चामल, ग्याँस, दाल, खाने तेल, नुन चिनि, सावुन वितरण गरेको हो ।
माट्स नेपाल संखुवासभाले संचालन गरेका बाल गृहका बालबालिकालाई खाद्यन्नको अभाव भए पछि सहयोग गरेको शाखा प्रबन्धक रायमाझीले जानकारी दिनुभयो । १५ दिन देखि ग्यास अभाव भएर खाना पकाउन समस्या भएपछि बैंक संग सयोग अपिल गरेकाले सहयोग प्राप्त भएको बाल गृहका प्रमुख सरोज श्रेष्ठले बताउनुभयो । ८ जना बालबालिका रहेको बालगृहमा आर्थिक अभावमा विभिन्न दातृ निकायको सहयोग मार्फत सञ्चालन भएको श्रेष्ठले जानकारी दिनुभयो । बाल गृह सञ्चालनका लागि छुट्टै कोष नभएकाले सञ्चालनमा समस्या हुने गरेको श्रेष्ठले बताउनुभयो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्