कांग्रेसलाई रास्वपाको चुनौती- यो छानबिनको मुद्दा नै होइन, हामी सधैँ मान्छे बेचिरहन चाहन्छौँ भनोस्
काठमाडौं । रास्वपाका प्रवक्ता मनिष झाले नागरिकता, शिक्षा, निजामतीलगायतका विधेयक समयको आवश्यकता भन्दै त्यसमा आफूहरूको राजनीतिक समर्थन हुने बताएका छन् ।
प्रतिनिधिसभा बैठक स्थगित भएपछि सदनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै भिजिट भिसाको आवरणमा १८ वर्षदेखि जनता ठगिरहेको विषयमा छानबिन हुनुपर्ने अडान सुनाए ।
उनले सदनमा एक जना उभिएपनि विरोध मानिएर अगाडि चलाउन नहुने अहिलेको गृहमन्त्रीले आफू विपक्षीमा हुँदा भनेको कुरा स्मरण गराए ।
उनले कांग्रेसलाई लक्षित गर्दै भने, ‘त्यही विधेयक ल्याउने गृहमन्त्रीले गत वर्ष यही सदनमा उभिएर भन्नुभएको होइन ? एकजना प्रतिपक्ष उभिए पनि विरोध मानिनेछ सदन अगाडि नबढाइयोस् भनेर उहाँले नै बोल्नुभएको थियो । कि त्यो तर्क उहाँको लागि मात्रै थियो ? अरूको लागि होइन भन्नुपर्यो ।’
उनले कांग्रेसलाई भिजिट भिसाको आवरणमा भएको मानव तस्करीको मुद्दा नै होइन भनेर भन्न चुनौती दिए ।
उनले भने, ‘कि हाम्रो लागि यो मुद्दा नै होइन, हाम्रो प्राथमिकता नै अर्कै छ । हामी मान्छे बेचिरहन चाहन्छौँ सधैँ भन्नुपर्यो । त्यसैले विधेयकहरूको महत्त्व बुझेर राजनीतिक समर्थन गर्छौँ ।’
उनले भिजिट भिसाको आवरणमा भएको मानव तस्करीको आवश्यक छानबिन र दोषीलाई कारबाही हुनुपर्ने अडान दोहोर्याए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कांग्रेसलाई रास्वपाको चुनौती- यो छानबिनको मुद्दा नै होइन, #हामी सधैँ मान्छे बेचिरहन चाहन्छौँ भनोस्
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्