माओवादी र रास्वपाप्रति एमालेका युवा नेताहरुको टिप्पणी– ‘संसदभित्रको आन्दोलनले दुवैलाई धुलिसात बनायो’
काठमाडौं, ३ असार । नेकपा (एमाले)का दुईजना युवा नेताले नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गतिविधिप्रति कडा कटाक्ष गरेका छन् । उनीहरुले संसदमा सत्तापक्षसँग गरेको माओवादीको दुई बुँदे सहमति र रास्वपाको पलेटी आन्दोलनले दुवैलाई धुलिसात बनाएको बताएका हुन् ।
एमाले पोलिटव्यूरो सदस्य एवं प्रतिनिधि सभा सदस्य सूर्य थापा र केन्द्रीय सदस्य विष्णु रिजालले सामाजिक सञ्जालमा लेख्दै माओवादीको लोकप्रियता संसदमा गरेको दुई बुँदे सहमतिले उदाँगो पारेको बताए । पोलिटव्यूरो सदस्य थापाले दुई बुँदे सहमतिले माओवादीको लोकप्रियताको प्वाँख काटिएको टिप्पणी गरेका छन् भने केन्द्रीय सदस्य रिजालले दुई बुँदे सहमतिको टालोले माओवादीले मुख छोपेको उल्लेख गरेका छन् ।
थापाले माओवादीका अध्यक्ष प्रचण्ड माओवादीले आफैंलाई हेर्दै दंग पर्ने गरेको ऐना हेरेर हाँस्न र रुन नमिल्ने गरी झर्यामझुरुम भएको बताए ।
‘म त असाध्य लोकप्रिय भएको छु भन्दै हुलाकी र मध्यपहाडी लोकमार्ग घुमफिर गर्दा गरेको दुःख पनि धुलिसातै भयो’ थापाले प्रचण्डप्रति व्यंग्य गर्दै लेखेका छन्, ‘आफैंलाई हेर्दै मुस्कुराउँदै दंग पर्दै गरेको ऐना पनि झर्यामझुरुम भयो फेरि हेरेर हाँस्न र रुन नमिल्ने गरी । माओवादी केन्द्रकै नेता कार्यकर्ताले आजकल नेतृत्वको श्रद्धा होइन, श्राद्ध पो गरिरहेका छन् ।’ उनले प्रचण्डले ०८४ को आमनिर्वाचनमा बहुमत आउँछ भनेर गरेको दाबीको पनि उल्टो हिसाब दिएका छन् ।
‘२७५ को बहुमत १३८ होइन, ३२ को बहुमत १७ सम्म ,१७ को बहुमत ९ त आउला कामना गरौँ’ थापाले लेखेका छन् ।
राजनीतिक पार्टीको गलत माग र जबरजस्ती गर्दाको परिणामको उदाहरण माओवादी भएको उल्लेख गर्दै थापाले गलत मागलाई अझ अघि बढाए रास्वपा जस्तो हुने चेतावनी पनि दिएका छन् । रास्वपा सांसदहरुले संसद बैठकमा पलेटी कसेर बसेकोप्रति टिप्पणी गर्दै थापा लेख्छन्, ‘एकदिन पनि उभिएर नारा लगाउन नसकी थचक्क बस्नुपर्ने र भुँईंमा निदाउनु पर्ने बोइलर बोइलरहरुले के तमासा गर्नु बजेट छलफललाई अवरोध गरेर ।’
थापाले हिजोको संसद बैठकमा पलेटी कसेर बसेका रास्वपा सांसदहरुलाई लक्षित गरेर आफूले रत्नपार्क कि सहिद गेट हो भनेर प्रश्न गरेको स्मरण गराउँदै लेखेका छन्, ‘त्यसै रत्नपार्क,कलंकी र पोखराको चिप्लेढुंगामा नाराजुलुस गरेजस्तो नगरी कुर्सीमा बस्नुस भनिएको होइन नि ।’
यता केन्द्रीय सदस्य रिजालले दुई बुँदे सहमतिका कारण माओवादी बाहिर मात्र हैन आफैंभित्र पनि तिव्र रुपमा आलोचित भइरहेको उल्लेख गरेका छन् । गृहमन्त्रीको राजीनामाको मागका कारण रास्वपा झन् ठूलो संकटमा फसेको बताएका छन् ।
‘रविजी जेलमा हुनुहुन्छ र उहाँलाई संसद चल्नु र नचल्नुसँग मतलब छैन । संसदमा रास्वपा नेतृत्वविहिन छ र गृहमन्त्रीको राजीनामा मागमा नराम्री फसेको छ ’ रिजालले लेखेका छन्, ‘रास्वपाले जति अवरोध गर्छ, त्यति अप्ठेरोमा पर्छ । जब पछि हट्छ, त्यसपछि माओवादीको भन्दा बढी आलोचना हुन्छ ।’
रिजालले रास्वपाको संसदभित्रको जति आन्दोलन अघि बढ्छ उति माओवादीभन्दा बढी आलोचना हुने बताउँदै रास्वपालाई यो आन्दोलन ‘खाँउ भने दिनभरीको शिकार, नखाँउ भने…’ जस्तो भएको उल्लेख गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #माओवादी र रास्वपाप्रति एमालेका युवा नेताहरुको टिप्पणी– ‘संसदभित्रको आन्दोलनले दुवैलाई धुलिसात बनायो’
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्