संखुवासभा पत्रकार महासंघलाई प्रेस युनियन सुनसरीले दियो माक्स सेनिटाईजर
संखुवासभा – नेपाल पत्रकार महासंघ संखुवासभालाई नेपाल प्रेस युनियन सुनसरी शाखाले माक्स र सेनिटाईजर उपलव्ध गराएको छ । प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारीले संखुवासभामा रहेको मिडिया हाउस र स्थानीय तथा राष्ट्रिय स्तरका पत्रपत्रिकामा कार्यरत सञ्चारकर्मीका लागि माक्स २ सय थान, ५ थान सेनिटाईजर र एन ९५ माक्स उपलव्ध गराएका हुन् । ती सामाग्री पत्रकार दीपेन्द्र शाक्यले महासंघका अध्यक्ष ईन्द्रकुमार गिरीलाई शुक्रबार हस्तान्तरण गरे ।

अध्यक्ष गिरीले सुनसरी युनियनका सभापति अधिकारीले पठाएका माक्स संखुवासभामा भएका ८ वटा रेडियो स्टेशन, २ वटा अनलाईन पोर्टल र स्थानीय साप्ताहिक तथा राष्ट्रिय स्तरका सञ्चारकर्मीलाई वितरण गर्ने बताए । यी सामग्रीले समाचार संकलनमा सहज हुने विश्वास उनले लिए । अध्यक्ष गिरीले जिल्लाका स्थानीय तह र उद्योगी व्यापारीले बेवास्ता गरिरहेको अवस्थामा सुनसरी युनियनले पठाएको यी सामग्रीका लागि धन्यवाद व्यक्त गरे ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्