धादिङमा लम्पी स्किन नियन्त्रणका लागि खोप अभियान
धादिङबेसी, असार २ गते । धादिङमा गाई–भैसीमा देखिने लम्पी स्किन रोग नियन्त्रण गर्न खोप अभियान सुरु गरिएको छ ।
पशु सेवा कार्यालय धादिङले जिल्लाको १३ वटै स्थानीय तहमा एकैसाथ अभियान संचालन गरेको हो । गाई–भैसीमा लम्पी स्किन लाग्न नदिन पूर्वतयारी स्वरूप सबै पालिकामा कृषकका गोठमै पुगेर खोप अभियान सञ्चालन गरिएको पशुसेवा कार्यालय धादिङका प्रमुख तथा वरिष्ठ पशु विकास अधिकृत डा. बबलु ठाकुरका अनुसार हो ।
पशु सेवा विभागबाट जिल्लामा २१ हजार डोज खोप प्राप्त भएको छ । पालिकाहरुको मागको आधारमा लम्पी स्किन रोग नियन्त्रणका लागि सम्बन्धित पालिकालाइ खोप पठाइएको कार्यालय प्रमुख ठाकुरले बताउनुभयो ।
तीमध्ये सबैभन्दा धेरै धुनिबेशी नगरपालिकाका लागि ५ हजार ५ सय डोज पठाइएको छ । खोप कार्यक्रमलाई प्रभावकारी बनाउन जिल्लाभर ७० जना भ्याक्सिनेटर परिचालन गरिएको छ । खोप कर्ता टोलटोलमा पुग्दा कृषकहरूले सहकार्य गर्न पशुसेवा कार्यालयले आग्रह गरेको छ ।
“गाई, गोरु र भैसीलाई प्राथमिकताकासाथ खोप लगाउने काम भइरहेको छ, डा. ठाकुरले भन्नुभयो, “आवश्यक परे थप खोप माग गरिनेछ ।”
पशुपालक कृषकहरूलाई सतर्क रहन, गाई, भैसीमा लक्षण देखिएमा तुरुन्त नजिकको पशु सेवा केन्द्रमा जानकारी गराउन र खोप कार्यक्रममा सहकार्य गर्न पशुसेवा कार्यालय धादिङले आग्रह गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #धादिङमा लम्पी स्किन नियन्त्रणका लागि खोप अभियान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्