केदारनाथ नजिकै हेलिकप्टर दुर्घटना, पाइलटसहित ७ जनाको मृत्यु
काठमाडौं, १ असार । भारतको उत्तराखण्डको केदारनाथ नजिकै गौरीकुण्ड क्षेत्रमा आज बिहान हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा पाइलटसहित सबै ७ यात्रुको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
केदारनाथबाट गुप्तकाशी उडान भरेको आर्यन एभिएसनको हेलिकप्टर गौरीकुण्डको जंगलमा दुर्घटनाग्रस्त भएको हो ।
हेलिकप्टर केदारनाथ मन्दिरबाट तीर्थयात्री बोकेर गुप्तकाशी उडेको थियो । प्रारम्भिक जानकारी अनुसार खराब मौसम दुर्घटनाको कारण भएको बताइएको छ ।
उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरणका अनुसार हेलिकप्टरमा सवार यात्रुहरू उत्तराखण्ड, उत्तर प्रदेश, महाराष्ट्र र गुजरातका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केदारनाथ नजिकै हेलिकप्टर दुर्घटना, #पाइलटसहित ७ जनाको मृत्यु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्