टोखामा नदी सरसफाई अभियानको ५४औं हप्ता सम्पन्न
टोखा, जेठ २४ । “स्वच्छ नदी, स्वस्थ जीवन” भन्ने नाराका साथ सञ्चालित नदी सरसफाई अभियानको ५४औं हप्ताको कार्यक्रम आज बिहान सफलतापूर्वक सम्पन्न भएको छ। सरसफाई कार्यक्रम टोखा नगरपालिका–११ स्थित मनोहरतीर्थ पुलनजिक बिहान ६ः३० बजेबाट सुरु भएको थियो ।
कार्यक्रममा स्थानीय बासिन्दा, युवाहरू, समाजसेवी, जनप्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति रहेको थियो । सहभागिहरूले नदी किनार तथा वरपरका क्षेत्रमा फोहोरमैला संकलन गरी वातावरण सफा राख्नमा सक्रियता देखाएका थिए ।
टोखा नगरपालिकाको सहकार्यमा सञ्चालन हुँदै आएको यो अभियानले नदी तथा वातावरण संरक्षणमा समुदायको सहभागिता र जनचेतनालाई सशक्त बनाउँदै आएको छ । आयोजक टोलीले हरेक हप्ता नियमित रूपमा सरसफाई अभियान सञ्चालन गर्दै आइरहेको र आगामी हप्तामा पनि निरन्तरताका साथ अभियान अगाडि बढ्ने जानकारी दिएको छ ।
कार्यक्रमको समापनमा सहभागी सबैप्रति धन्यवाद व्यक्त गर्दै वातावरण संरक्षणको अभियानमा निरन्तर साथ र समर्थन जनाउन आयोजकहरूले आह्वान गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखामा नदी सरसफाई अभियानको ५४औं हप्ता सम्पन्न
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्