Techie IT
शुक्रबार, असार १२,२०८३

तारकेश्वर मनमैजुमा निःशुल्क प्लम्बिङ तालिम सञ्चालन हुने, वडा कार्यालयमा निवेदन दिन अध्यक्ष राईको आग्रह


तारकेश्वर, काठमाडौँ । तारकेश्वर नगरपालिका वडा नम्बर १० कार्यालयले मनमैजु क्षेत्रका युवायुवतीहरूलाई लक्षित गर्दै एडभान्स प्लम्बिङ तालिम निःशुल्क रूपमा सञ्चालन गर्ने भएको छ।

श्री शंखरापुर बहुप्राविधिक शिक्षालय, शंखरापुर, काठमाडौँको आर्थिक वर्ष २०८१/८२ को स्वीकृत कार्यक्रमअनुसार उक्त तालिम सञ्चालन हुन लागेको हो।

वडा नम्बर १० का अध्यक्ष कुमार राईले इच्छुक व्यक्तिलाई २०८२ साल जेठ २६ गतेसम्म नागरिकताको प्रतिलिपि र हालसालै खिचिएको फोटोसहित वडा कार्यालयमा निवेदन दिन आग्रह गरेका छन्।

२७ दिनसम्म सञ्चालन हुने तालिममा २० जना सहभागी हुन सक्नेछन्। तालिम प्रत्येक दिन ५ घण्टा सञ्चालन हुनेछ भने सहभागीहरूलाई तालिम अवधिभर खाजाको व्यवस्था गरिनेछ। तालिम समापनपश्चात सहभागीहरूले प्रमाणपत्र पनि प्राप्त गर्नेछन्।

वडा कार्यालयका अनुसार प्लम्बिङ क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको यो तालिममा सहभागी हुन इच्छुकहरूले ९८६०४०९७४१ वा ९८१८०९९१५६ नम्बरमा सम्पर्क गर्न सक्नेछन्।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तारकेश्वर मनमैजुमा निःशुल्क प्लम्बिङ तालिम सञ्चालन हुने, #वडा कार्यालयमा निवेदन दिन अध्यक्ष राईको आग्रह


तपाईको कमेन्ट लेख्नुहोस्