टोखा–९ को आयोजनामा आजदेखि तेस्रो वडा स्तरीय महिला तथा पुरुष फुटसल प्रतियोगिता सुरु
काठमाडौं । टोखा वडा नं. ९ को आयोजनामा आजबाट टोखा वडा नं. ९ भित्र रहेका ९ वटै संस्थागत विद्यालयका छात्र र छात्रातर्फको फुटसल प्रतियोगिता सुरु भएको छ । टोखा वडा नं. ९ का वडाअध्यक्ष रामभक्त घिमिरेको सभापतित्वमा भएको आजको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बिसीले खेलाडी विद्यार्थीहरुलाई बल हस्तान्तरण गरेर खेलको शुभारम्भ गरेका थिए ।
कार्यक्रममा बोल्दै टोखा नगरपालिकाको प्रमुख प्रशासयिक अधिकृत शेरबहादुर बिसीले टोखा भगवती क्लव ए डिभिजनमा पुगिसकेको कारण अब राष्ट्रिय टिम नै टोखाबाट छनौट हुने सम्भावना बढेर गएको छ । खेल जित र हारका लागि मात्र नभएर जीवनशैली समेत जोडिएको छ । खेलले अनुशासित नागरिक बनाउने मात्र नभएर स्वस्थ नागरिक बनाउँछ ।

खेलमा सहभागी हुने छात्रहरूमा शौर्यकुञ्ज स्कुल, कामना स्कुल, दीपज्योती स्कुल, कान्तिपुर स्कुल, गुडस्टार स्कुल, विष्णुमती आवाशिय विद्यालय, स्वेतसदन स्कुल, दिव्यकान्ति स्कुल र लार्के स्कुल रहेका छन् ।
छात्रातर्फ सहभागी हुने विद्यालयको संख्या ७ रहेको छ । जसमा स्वेतसदन स्कुल, शौर्यकुञ्ज स्कुल, कान्तिपुर स्कुल, दिव्यक्रान्ति स्कुल, दीपज्योति विद्यालय, कामना स्कुल र लार्के स्कुल रहेका छन् ।
दोस्रो वडास्तरीय खेलमा पुरुषमात्र सहभागी गराइएको भएता पनि अहिले महिलालाई प्राथमिकता दिएर पुरुष र महिला दुबै टिमको खेल हुने वडाअध्यक्ष रामभक्त घिमिरेले बताएका छन् ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखा–९ को आयोजनामा आजदेखि तेस्रो वडा स्तरीय महिला तथा पुरुष फुटसल प्रतियोगिता सुरु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्