काठमाडौं महानगरमा किन पुग्याे सशस्त्र प्रहरी ?
काठमाडौं । काठमाडौं महानगरपालिकामा जनप्रतिनिधिमाथि कालोमोसो दल्ने हल्ला चलेपछि सशस्त्र प्रहरी बल खटाइएको छ । शान्ति सुरक्षाको लागि भन्दै सशस्त्र प्रहरी खटाइएको हो ।
उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि कालो मोसो दल्ने हल्ला फैलिएपछि कार्यालयमै सुरक्षाकर्मी खटाइएको हो । अफवाह कसले फैलायो भन्ने बारेमा महानगर नै अनविज्ञ रहेका छन् ।
महानगरका प्रवक्ता नवीन मानन्धरले आफूले पनि कालोमोसो हल्ला सुनेको र सशस्त्र खटिएको जानकारी पाएको बताए ।
उनले भने, ‘अफवाह फैलिएपछि सशस्त्र खटिएको छ । थर उहाँलाई कसले पठाएको हो जानकारी छैन । बुझ्ने काम भइरहेको छ ।’ उनका अनुसार उपमेयर र प्रशासकीय अधिकृत दुबै कार्यालयमा छैनन् ।
उपमेयर डंगोल एक कार्यक्रममा सहभागी हुन विराटनगर गएकी छन् भने प्रशासकीय अधिकृतको मोवाइल अफ छ ।
अफवाह फैलिएलगत्तै सशस्त्र प्रहरी खटाइएपछि माहोल तनावग्रस्त बनेको छ ।
तर महानगर सहायक प्रवक्ता नवराज ढकालले भने बाहिर आएको कुरा हल्ला भएको बताए । उनले भने, ‘काले मासो दल्ने हल्ला चलेर आएको भन्ने कुरा सत्य होइन ।’
ढकालका अनुसार उनीहरु मेयर बालेन्द्र शाह बालेनसँग छलफलका लागि आएको र यतिकै अफवाह फैलिएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौं महानगरमा किन पुग्याे सशस्त्र प्रहरी ?
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्