तारकेश्वर सडक योजना: शिशिर खनालको १० करोडको परियोजना भिमसेनदासको नाममा प्रचार
तारकेश्वर नगरपालिका वडा नं. २ को कोइराले खालादेखि सिम्लेश्वर जोड्ने सडक निर्माण कार्य सुरु भएको छ। यो परियोजना संघीय सांसद् शिशिर खनालको पहलमा अघि बढाइएको हो। ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक योजना’ अन्तर्गत सडक विभाग, सडक डिभिजन कार्यालय काठमाडौंले १० करोडको स्वीकृत बजेटमध्ये ७ करोडमा ठेक्का प्रक्रियासहित निर्माण कार्य थालेको हो।
तर यो योजनासम्बन्धी तथ्याङ्कमा सामाजिक सञ्जालमार्फत भ्रम सिर्जना गरिएको छ। ‘तारकेश्वर नगरपालिका वडा नम्बर २’ नामक फेसबुक पेजमा यो योजना तत्कालीन सांसद् तथा पूर्वरक्षामन्त्री भिमसेनदास प्रधानद्वारा अघि सारिएको दावी गरिएको छ। वडाध्यक्ष राधाकृष्ण खड्कीले समेत उक्त पेजमार्फत एक भिडियो सार्वजनिक गर्दै योजनाको लागत पूर्वमन्त्री प्रधानको ९ करोडको पहलबाट आएको बताएका छन्।

यसो हुँदाहुँदै, सडक विभाग काठमाडौंका इन्जिनियर उज्वल मिश्रले भने योजना हालका सांसद् शिशिर खनालको पहलमा अघि बढाइएको प्रस्ट पारे। उनका अनुसार, ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक योजना’ अन्तर्गत सांसद् खनालको निरन्तर प्रयासमा १० करोडको योजना स्वीकृत भएको र ७ करोडमा ठेक्का दिइएको हो।
सांसद् खनालका स्वकीय सचिव लोचन पौडेलका अनुसार, गत वर्ष पनि १ करोड बजेट विनियोजन गरिएको थियो भने यसपालि निरन्तर पहलपछि १० करोडको बजेट स्वीकृत भएको हो। पौडेलले सडक योजना अगाडि बढाउन आफूले पटक–पटक सम्बन्धित निकायमा चिठी लिएर धाएको र त्यसपछि मात्रै ठेक्का प्रक्रिया अघि बढेको बताए।
सांसद् खनालको सचिवालयले वडाको आधिकारिक फेसबुक पेजबाट गलत सूचना प्रवाह हुनु दु:खद भएको प्रतिक्रिया दिएको छ। “विगतका योजनामा स्पष्टता नरहँदा अहिलेको योजनालाई कसैको नाममा प्रचार गर्नु जनतामा भ्रम सिर्जना गर्नु हो,” पौडेलले बताए।
स्थानीय बासिन्दाले समेत तत्कालीन सांसद्ले उक्त योजनाका लागि बजेट विनियोजन गर्न नसकेको पुष्टि गरेका छन्। उनीहरूका अनुसार हाल निर्माण सुरु भएको योजना हालै सांसद् शिशिर खनालको पहलमा मात्र सम्भव भएको हो।

क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर सडक योजना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्