गण्डकी गाउँपालिका पूर्ण खोप पालिका घोषणा
सुलीकोट, जेठ २१ गते । गोरखाको गण्डकी गाउँपालिका पूर्ण खोप सुनिश्च्यित एवम् दिगोपना गाउँपालिका घोषणा भएको छ । गाउँपालिकामा खोप लगाउनु पर्ने एक जना बालबालिका पनि नभेटिएकाले बुधबार पूर्ण खोप सुनिश्च्ति गाउँपालिका घोषणा गरिएको गण्डकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कुमार सुनारले जानकारी दिनुभयो ।
गण्डकी गाउँपाकिाको ८ वटा वडामा जन्मे देखि १५ महिनासम्मको २६७ जना र १६ महिना देखि २३ महिनासम्मका १९७ जना बालबालिकाले पुर्णखोप लगाएसँगै गोरखा गाउँपालिका पूर्णखोप सुनिश्चित एवम् दिगोपना गाउँपालिका घोषणा भएको हो ।
गाउँपालिकाको स्वास्थ्य शाखाले हरेक वर्ष सबै वडाहरुमा पूर्णखोप सुनिश्च्यित भए नभएको अनुगमन गरेर मात्र पूर्णखोप सुनिश्च्यित तथा दिगोपना गाउँपालिका घोषणा गर्ने गरेको स्वास्थ्य शाखा प्रमुख सुनारको भनाइ छ ।
गाउँपालिकाको स्वास्थ्य शाखाले प्रत्येक वर्षको ३ महिना माघ, फागुन र चैत महिनामा पालिकाले आफ्नो पालिकाभित्र खोप लगाउन छुटेका बालबालिकाहरुको खोजी कार्य गर्ने र कोहि छुटेको भए खोप लगाईदिने गरेको उहाँले बताउनुभयो ।
जिल्ला समन्वय समितिको प्रमुखको अध्यक्षमा बनेको जिल्ला खोप समन्वय समितिले पालिकाहरुलाई पूर्ण खोप सुनिश्च्यित एवम् दिगोपन पालिका घोषणा गर्ने छ ।
खोप समन्वय समितिले हरेक वर्ष पालिकाहरुभित्र १६ देखि २३ महिना सम्मका बालबालिकाहरुलाई १५ महिनाको उमेरभित्र पाउनु पर्ने सबै खाले खोप लगाए नलाएको अनुगमन गरेर पालिकाहरुलाई पूर्ण खोप सुनिश्च्यिता पालिका घोषणा गर्ने गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गण्डकी गाउँपालिका पूर्ण खोप पालिका घोषणा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्