रास्वपाको अडान : भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्छ
काठमाडौं, जेठ २० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि उच्चस्तरीय छानबिन हुनुपर्ने अडान दोहोर्याउँदै, त्यसका लागि गृहमन्त्रीले पदबाट मार्गप्रशस्त गर्नुपर्ने निर्णय गरेको छ।
सोमबार पार्टी कार्यालय बनस्थलीमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो। बैठकपछि कार्यवाहक प्रवक्ता मनिष झाले गृहमन्त्रीमाथि गम्भीर प्रश्न उठेकाले अनुसन्धान अघि बढाउन पदत्याग आवश्यक भएको बताए। साथै, यस विषयमा गृहमन्त्री स्वयं नभई प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा जवाफ दिनुपर्ने रास्वपाको धारणा रहेको उनले स्पष्ट पारे।
झाका अनुसार रास्वपा कुनै व्यक्तिविशेषको विपक्षमा नभई समग्रमा देखिएको भिसा प्रणालीको बेथिति अन्त्य गर्न कटिबद्ध रहेको छ।
यसअघि, सोमबारै बसेको पार्टी सचिवालय बैठकले संसदीय दललाई भिजिट भिसा प्रकरणमा सदनमा सशक्त रूपमा प्रस्तुत हुन निर्देशन दिएको थियो। त्यस्तै, बैठकले पार्टीको स्थापना दिवस मनाउन विभिन्न समितिहरू गठन गर्ने निर्णयसमेत गरेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्छ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्