एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
काठमाडौं, १९ जेठ । अहिले नेकपा (एमाले) का नेता कार्यकर्ताले ‘म झोले हो’ लेखिएको पोष्टर धमाधम आफ्नो वालमा सेयर गरिरहेका छन् ।
प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरूसहित शुभेच्छुकले पोष्टर सेयर गरिरहेका हुन् । अध्यक्ष ओलीले आज बिहान सामाजिक सञ्जालमा ‘म झोले हो’ लेखिएको पोस्टर सामाजिक सञ्जालमा पोस्ट गरे लगत्तै सबैले यसलाई आफ्नो वालमा आफ्नो तस्वीरसहित सेयर गरिरहेका हुन् ।
पोस्टर पोस्ट गर्दै प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘हिजोआज एउटालाई भगवान् बनाउनुपर्यो भने सामूहिकतामा विश्वास राख्नेहरूलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भीडमा बदलिन्छ । भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ। सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौँ । सामूहिक र सङ्गठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनुपर्छ’ ।
पोस्टरमा सामन्ती परिवारको दास बन्नुभन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौँ गुणा उत्तम चरित्र भएको पनि उल्लेख गरिएको छ ।
पछिल्लो समय राजवादीको आन्दोलन चर्किरहेका बेला त्यसैलाई लक्षित गर्दै एमालेमा पोष्टर ट्रेन्ड चलेको हो । यसअघि प्रधानमन्त्री ओलीले शनिबार एमाले निकट नेपाल बुद्धिजीवी परिषद्को ११ औँ राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै झोले हुनुमा आफूलाई गर्व लाग्ने बताएका थिए।
त्यहाँ प्रधानमन्त्रीले बोलेको यो वाक्यलाई नेता कार्यकर्ताले क्लिक गरेर ट्रेन्डिङ चलाएका हुन् ।
क्याटेगोरी : समाचार
ट्याग : #‘म झोले हो’ पोस्टर ?, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्