त्रिशूली अस्पतालद्वारा किस्पाङ गाउँपालिका–१, भाल्चेमा १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
नुवाकोट, किस्पाङ । त्रिशूली अस्पताल, नुवाकोटको आयोजनामा किस्पाङ गाउँपालिका–१, भाल्चेमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। स्वास्थ्य सेवामा पहुँच पुगोस् भन्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त शिविरमा १०० औ को सख्यामा स्थानीयवासीले विभिन्न सेवा प्राप्त गरेका छन ।
शिविरमा स्त्रीरोग, हाडजोर्नी, मधुमेह, बालरोग, सामान्य रोगहरू (जनरल सेवा) साथै भिडियो एक्स–रे सेवा लगायतका विविध विशेषज्ञ सेवा उपलब्ध गराइएको त्रीशुली अस्पतालका प्रमुख डा. राजेन्द्र लामाले बताउनुभयो । विशेषगरी ग्रामीण भेगका सर्वसाधारणले विशेषज्ञ सेवा सहज रूपमा प्राप्त गर्ने अवसर पाएकोमा स्थानीयवासीहरूले खुसी व्यक्त गरेका छन्।
त्रिशूली अस्पतालका विशेषज्ञ चिकित्सकहरू सहितको टोलीले शिविरमा सहभागी बिरामीहरूको परीक्षण गरी आवश्यक परामर्श र औषधि वितरण गरेका थिए। यस शिविरले दुर्गम भाल्चे क्षेत्रका बासिन्दाहरूलाई स्वास्थ्य सेवा नजिक पुर्याउने उल्लेखनीय निशुल्क शिविर गरेको त्रीशुली अस्पताल नुवाकोटका अध्यक्ष उपेन्द्र बुढाथोकीले जानकारी दिनुभएको छ ।
स्वास्थ्य शिविरमा सहयोग पुर्याउने सम्पूर्ण टोली, स्वयंसेवक तथा आयोजकलाई किस्पाङ गाउपालीका वडा न १ का वडा अध्यक्ष पशुपति घलेले धन्यवाद व्यक्त गरेका छन ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #त्रिशूली अस्पतालद्वारा किस्पाङ गाउँपालिका–१, #भाल्चेमा १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्