Techie IT
शनिबार, असार १३,२०८३

दोस्रो चाँगुनारायण कप फुटसल प्रतियोगिताको तयारी पुरा


भक्तपुर
जेष्ठ १६ , शुक्रवार

भक्तपुरफैढोका फुटसलको आयोजनामादोस्रो चाँगुनारायण कप फुटसल प्रतियोगिताको तयारी पुरा भएको छ।

प्रतियोगितामा जम्मा २४ टोलीको सहभागिता रहने भएको छ। प्रतियोगिताको विजेता टोलीले नगद रु. ५०,००० सहित ट्रफी, मेडल प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले रु. २५,००० पुरस्कार सहित ट्रफी, मेडल प्रमाणपत्र प्राप्त गर्नेछ। साथै, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक उच्च गोलकर्तालाई जनही रु. ,००० पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएका छन्।

नगरकोट भ्रमण वर्ष२०८२लाई लक्षित प्रतियोगिताको पहिलो खेल आयोजक फैढोका फुटसल झौखेल यूथ क्लब बीच जेष्ठ १७बिहान :०० बजे हुने भएको छ। आयोजक फैढोका फुटसलले चाँगुनारायण नगरपालिका कपलाई भव्य सफल बनाउने लक्ष्य सहित प्रतियोगिताको तयारी तीव्र रुपमा अघि बढाएको कार्यक्रम संयोजक मनोज के.सी. ले बताए।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्