“रैथाने परिकारमार्फत पर्यटन प्रवर्द्धन : खाँदबारीमा फुड फेस्टिभल सम्पन्न” (फोटोफिचर)
खाँदबारी (संखुवासभा), जेठ १५ – कोशी पर्यटन वर्ष २०८२ को अवसरमा संखुवासभाको सदरमुकाम खाँदबारीमा आयोजना गरिएको दुईदिने रैथाने खाना महोत्सव (फुड फेस्टिभल) बिहीबार सम्पन्न भएको छ। ‘कोशीको गौरव, हिमालको शान, पर्यटन वर्षमा सबैलाई सम्मान’ भन्ने नारासहित आयोजना गरिएको फेस्टिभल जेठ १४ र १५ गते सम्म संचालन गरिएको थियो।

संखुवासभा होटल व्यवसायी संघको आयोजनामा र पर्यटन कार्यालय धरानको सहकार्यमा सम्पन्न खाना महोत्सवमा नेवार, राई, कुलुङ, मगर, शेर्पा लगायत विभिन्न जातजातिका मौलिक तथा रैथाने परिकारहरू प्रस्तुत गरिनुका साथै पश्चिमी शैलीका व्यञ्जनहरू पनि प्रदर्शन गरिएको थियो। स्थानीय स्वाद र सांस्कृतिक विविधताको उत्कृष्ट संयोजनले फेस्टिभलमा आएका पाहुनालाई छुट्टै अनुभव प्रदान गरेको थियो।

समापनका अवसरमा होटल व्यवसायी संघका केन्द्रीय सदस्य राजिब श्रेष्ठले यस्ता कार्यक्रमहरूले जिल्लाको पर्यटन प्रवर्द्धन मात्र नभई स्थानीय उत्पादन र सांस्कृतिक पहिचान जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। “लोप हुन लागेका परम्परागत परिकारहरूलाई प्राथमिकतामा राख्दै, आन्तरिक पर्यटनलाई माध्यम बनाइ स्थानीय स्तरमा आयआर्जन बढाउने उद्देश्यले फेस्टिभल आयोजना गरिएको हो,” उहाँले भन्नुभयो, “यसबाट पर्यटन प्रवर्द्धन हुनुका साथै स्थानीय समुदायको आम्दानीमा पनि टेवा पुग्ने अपेक्षा गरिएको छ।”

स्थानीय समुदायको उत्साहजनक सहभागिता रहेको फेस्टिभललाई सफल बनाउन विभिन्न संघ–संस्था, स्थानीय निकाय र युथ क्लबहरूको सक्रिय योगदान रहेको जिल्ला होटल ब्यवसायी संघका अध्यक्ष डाक्टर प्रसाद पराजुलीले बताउनुभयो ।
आयोजकका अनुसार, फुड फेस्टिभललाई आगामी वर्षदेखि वार्षिक रूपमा नियमित गर्ने तयारी अघि बढाइएको छ।

क्याटेगोरी : पर्यटन, समाचार
ट्याग : #hot, #खांदबारी खाना महोत्सव, #पर्यटन प्रवद्र्धन, #संखुवासभा, #होटल ब्यवसायी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्