पूर्वराजा ज्ञानेन्द्रलाई माधवको चुनौती- आँट भए चुनाव जितेर प्रधानमन्त्री बनेर देखाउनुस्
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कम्युनिस्ट पार्टीभित्र पनि आँट, हिम्मत र दृष्टिकोण नभएकाहरू पनि हुने बताएका छन्।
गणतन्त्र दिवसका अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै समयअनुसार चल्न नसक्ने मान्छे निराशाको सिकार हुने बताए। उनले भने, ‘तत्कालीन एमालेभित्र देखिएको विचार प्रवृत्तिहरू विरुद्ध हामी दृढताका साथ जुट्यौँ। त्यसैले जहिले पनि चुनौती आइरहेका हुन्छ, र अवसर पनि आइरहेका हुन्छन्।’
उनले अहिले केही पनि भएको छैन भनेर गलत भाष्यको प्रचार भइरहेको बताए। भ्रष्टाचारविरुद्ध सरकारले कदम नचालेसम्म परिणाम प्राप्त हुन नसक्ने बताए। उनले भने, ‘हामीले कम्युनिस्ट पार्टीप्रति आम जनतामा विश्वास दिलाउने काम गरौँ। गलत प्रवृत्तिका विरुद्धमा जुध्ने काम गरौँ। राम्रो संस्कृति र संस्कार अवलम्बन गरौँ। गणतन्त्रको विकल्प राजतन्त्र होइन, बाबु भएन भने छोरा, छोरा भएन भने नाति, अब कुनै दिन पनाति जन्माएर त्यसलाई राजा बनाइदिऊ भन्ने कुरा आउँला। त्यसैले हामीलाई वंशको शासन चालिएको छैन।’
उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई शासन गर्ने मन भए जनताको मन जितेर चुनाव जितेर आएर प्रधानमन्त्री बनेर देखाउन चुनौती दिए। उनले भने, ‘प्रतिस्पर्धाबाट जनताको मन जितेर अगाडि बढ्ने आँट गर्नुपर्यो। मुलुकलाई प्रतिगामी दिशामा लगेर इतिहासको पाङ्ग्रालाई पछाडि धकेलेर सम्भव छैन र हुन पनि दिँदैनौँ। हिजो पनि गणतन्त्रको लागि अग्रगामी भूमिका खेलेको थियौँ। हामीले अन्तिम समयसम्म दृढताका साथ उभिएर आम जनताको चाहना बमोजिम परिवर्तन ल्याएका हौँ।’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पूर्वराजा ज्ञानेन्द्रलाई माधवको चुनौती- आँट भए चुनाव जितेर प्रधानमन्त्री बनेर देखाउनुस्
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्