बुटवल–नारायणगढ सडकमा धमाधम काम (फोटो फिचर )
सिद्धार्थनगर, जेठ १४ गते । बुटवल– नारायणगढ सडक निर्माणको कामले गति लिएको छ । कुल एक सय १३ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरी कामलाई तीव्र पारिएको हो ।
नारायणगढ–बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालले ९४ किलोमिटर सडक कालोपत्र भएको बताउनुभयो । सूचना अधिकारी खनालका अनुसार सडकको कुल लम्बाइको ८३ प्रतिशत भाग कालोपत्र सडकमा यात्रा गर्न सकिने छ ।

एसियाली विकास बैँक (एडिबी)को ऋण सहयोगमा अघि बढेको सडक विस्तार योजनाको दुवै खण्ड गरेर कुल १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपियाँ लागत रहेको छ ।
सडक निर्माण योजनाको भौतिक प्रगति ६७ प्रतिशत पुगेको भने सडकको कुल लम्बाइ एक सय १३ दशमलव ५३ किलोमिटरमध्ये हाल एकतर्फी रूपमा ९० दशमलव ८७ किमी सडक कालोपत्र भएको छ ।
यो सडकमा ७० किलोमिटर चार लेन, २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ ६–६ मिटरको सर्भिस लेन हुने छ ।
समग्रमा कुल भौतिक प्रगति ६७ प्रतिशत पुगेको छ । सडकमा धमाधम पुल निर्माण, कल्भर्ट निर्माण तथा कालोपत्रको काम चलिरहेको हो ।

यो सडकको यात्रालाई सहज बजाउनका लागि दैनिक योजना अनुसारको काम जारी रहेको छ । सडक विस्तारको काम २०७५ माघ २४ गते सम्झौता भएर २०७९ साउन २२ गते सम्पन्न गर्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले काम सुरु गरेको थियो ।
सो निर्धारित समयमा काम सम्पन्न नभएपछि विसं. २०८१ साउन ८ गतेसम्मका लागि दोस्रोपटक म्याद थप भएको थियो । यस अवधिमा पनि काम सम्पन्न नभएपछि गत साउनमा २०८२ साउन ८ गतेसम्मका लागि तेस्रो पटक म्याद थप गरिएको छ ।











क्याटेगोरी : समाचार
ट्याग : #बुटवल–नारायणगढ सडकमा धमाधम काम (फोटो फिचर )
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्