भोलि ३ हजार प्रहरी स्ट्याण्डबाई, टुँडिखेल र संसद भवनमा उच्च निगरानी
काठमाडौं । २०६५ सालयता वर्षेनि मनाइँदै आएको गणतन्त्र दिवसअन्तर्गत भोलिको (जेठ १५) अन्तर्गत यस वर्षको कार्यक्र मुरक्षा दृष्टिले उच्च सतर्कतायुक्त हुने भएको छ ।
भोलि नै एकातिर सत्तारुढ नेकपा (एमाले) ले गणतन्त्र उत्सव र राप्रपासहितका राजावादी समूहले ‘जनआन्दोलन’ कार्यक्रमको घोषणा गरेका कारण सुरक्षा रणनीति त्यहीअनुसार बनाइएको छ ।
बिहानै टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजना गरिने औपचारिक कार्यक्रममा राष्ट्रपति, उपराष्ट्र, प्रधानमन्त्रीसहित संवैधानिक अंगका प्रमुख एवं विशिष्ट सरकारी व्यक्तिको उपस्थितिलाई सहज बनाउन बिहानै सुरक्षाकर्मी खटिने छन् । उक्त कार्यक्रमको चटारो सकिनासाथ अर्कोखाले सुरक्षा तैनाथीमा नेपाल प्रहरी जुट्दैछ ।
अपराह्न संयुक्त सदनको बैठकमा आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट भाषण हुँदैछ ।
यी सबैखाले कार्यक्रमलाई लक्षित गर्दै प्रहरीले उपत्यकाभरका ३ हजार जनशक्तिलाई स्ट्याण्डबाई राखेको छ । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी रमेश थापाका अनुसार, जिल्ला सुरक्षा समितिले आज बेलुकीसम्म तयार पार्ने सुरक्षा योजनाबमोजिम कति र कस्तो जनशक्ति कहाँ तैनाथ गर्ने भन्ने कुराको टुंगो लाग्छ ।
तर, विशिष्ट व्यक्तिको आवतजावतलाई मध्यनजर गर्दै हालसम्म टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजना गरिने गणतन्त्र दिवस समारोह र संसदमा बजेट भाषण प्रस्तुत गरिने नयाँ बानेश्वरस्थित संसद भवन (अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र) को सुरक्षा व्यवस्थापनलाई प्राथमिकता दिइएको छ । हालसम्म ती दुई स्थानलाई प्रहरीले उच्च सतर्कतास्थल तय गरेको प्रवक्ता थापाले बताए ।
यद्यपि, विभिन्न राजनीतिक दलले आयोजना गर्ने कार्यक्रमका निम्ति पनि प्रहरीको उत्तिकै सतर्क रहेको उनले बताए । दलहरूको कार्यक्रम लक्षित सुरक्षा योजना जिल्ला सुरक्षा समितिले बनाउने कारण अहिल्यै प्रहरीले यो यो ठाउँमा, यति यति संख्या भनेर तैनाथी योजना बनाइनसकेको उनको भनाइ छ ।
‘कुनै पनि अराजकतापूर्ण गतिविधि सह्य हुँदैन’, थापाले भने, ‘त्यसका निम्ति सम्पूर्ण स्रोत र साधनसहित हामी स्ट्याण्डबाई छौं ।’
जिल्ला सुरक्षा समितिले हालसम्म एमालेको गणतन्त्र उत्सव मनाउनका निम्ति भृकुटीमण्डप क्षेत्रलाई अनुमति दिएको छ । तर, राप्रपाले गर्ने भनेको प्रदर्शनका लागि हालसम्म स्थान अनुमति दिइएको छैन । जिल्ला सुरक्षा समितिले तय गर्ने राप्रपाको प्रदर्शनस्थल टुंगो लागेपछि प्रहरी परिचालनका थप योजना बन्ने उनले बताए ।
भोलिको प्रदर्शनका लागि काठमाडौं उपत्यकाका तीनै जिल्लाका सम्पूर्ण प्रहरी युनिट स्ट्याण्डबाई राखिएको छ । त्यसअन्तर्गत तीनवटै जिल्ला प्रहरी कार्यालय, चार किसिमका गण र विभिन्न गुल्मका प्रहरी रहेका छन् । ती सबै युनिटमा ३ हजार जनशक्ति रहेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार अहिलेसम्म राष्ट्रपतिलाई शितल निवासबाट टुँडिखेल लैजाने सवारी योजनामात्रै बनेको छ । बाँकी योजना केही समयपछि बस्ने जिल्ला सुरक्षा समितिको बैठकपछि आउने भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टुँडिखेल र संसद भवनमा उच्च निगरानी, #भोलि ३ हजार प्रहरी स्ट्याण्डबाई
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्