गणतन्त्र दिवसको अवसरमा हुलाक टिकट प्रदर्शनी
काठमाडौँ, जेठ १४ गते । गणतन्त्र दिवसको अवसर पारेर हुलाक सेवा विभागले हुलाक टिकट प्रदर्शनी गरेको छ । नेपालको धार्मिक तथा सांस्कृतिक सम्पदाहरूबारे आउँदो पुस्तालाई जानकारी दिन पर्यटन क्षेत्रको माध्यमबाट मुलुकलाई समृद्ध बनाउने उद्देश्यले टिकट प्रदर्शनी कार्यक्रम आयोजना गरिएको हो ।
हुलाक टिकट प्रदर्शन कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले हुलाक टिकटको ऐतिहासिक एवम् सांस्कृतिक महत्त्वबारे चर्चा गर्नुभयो ।
उहाँले हुलाक टिकटले नेपालको इतिहासलाई जीवन्त राख्न मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले नयाँ पुस्ताको लागि नेपालमा धार्मिक एवम् सांस्कृतिक इतिहास अध्ययन गर्ने पाठशालाको रूपमा रहेको समेत बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘टिकट आफैँमा नेपालभित्र र नेपालबाहिर रहेका धार्मिक तथा सांस्कृतिक क्षेत्र र विकासको क्षेत्रमा योगदान दिने व्यक्ति र सम्पदाहरू छानेर टिकट प्रकाशन गर्ने गरिन्छ । र यो टिकटले इतिहासलाई कायम राख्छ र जीवन्त राख्न मद्दत गर्छ । पछिल्लो पुस्तालाई इतिहासको अध्ययन गर्ने प्रयोगशाला पनि हो टिकट । र यसले नेपालको पहिचान विश्व समुदायसमक्ष दिन्छ ।’’ हुलाक टिकट नेपालको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने माध्यम बनेको पनि सचिव अर्यालको भनाइ छ ।















क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गणतन्त्र दिवसको अवसरमा हुलाक टिकट प्रदर्शनी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्