भिजिट भिसा प्रकरण- संसद बस्नुअघि थप रणनीति बनाउन विपक्षी दलको बैठक
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको बैठक बस्नुअघि विपक्षी दलका नेताहरूसँग छलफल गरेका छन्।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै सदन अवरुद्ध गर्दै आएका विपक्षी दलहरू थप रणनीति बनाउन छलफलमा जुटेका हुन्। अहिले पनि छलफल जारी रहेको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बताए। उनले आफूहरु मागबाट पछि नहटेको बताए।
प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बोलाएको भएपनि अहिलेसम्म बस्न सकेको छैन। बैठकमा रास्वपा, एकीकृत समाजवादी लगायतका विपक्षी दलका नेताहरू सहभागी छन्। यद्यपि राप्रपालाई भने सहभागी छैन।
यता गृहमन्त्रीसहित प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरू बैठकमा बसेका छन्। तर विपक्षी दलले गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने विपक्षी दलको अडान छ। तर सत्तापक्ष राजीनामा नदिने तर गृहमन्त्री सदनमा बोल्ने तयारी छ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #भिजिट भिसा प्रकरण- संसद बस्नुअघि थप रणनीति बनाउन विपक्षी दलको बैठक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्