छहरे-टोखा सडकमा सवारी चाप बढ्यो
काठमाडौँ, जेठ १३ । काठमाडौं उपत्यकामा प्रवेश गर्ने मुख्य मार्ग त्रिभुवन राजपथको नागढुंगा–नौविसे खण्ड दिउँसो बन्द हुँदा छहरे–टोखा सडक खण्डमा सवारी चाप बढेको छ।
नागढुंगा-मुग्लिन सडक आयोजना जेठ १० देखि पिप्लामोड–नागढुंगा खण्डमा सडक स्तरोन्नतिको काम गर्दैछ र त्यसका लागि उक्त खण्ड अस्थायी रूपमा बन्द गरिएको छ।
सानातिना र मझौला सवारीसाधनहरूले वैकल्पिक मार्गका रूपमा सीतापाइला–रामकोट–धार्के सडक र सामाखुसी–टोखा–छहरे–त्रिशूली (विदुर) हुँदै गल्छी मार्ग प्रयोग गर्नुपर्ने सुझाव दिइएको छ।
यस कारण छहरे-टोखा सडक खण्डमा सवारी चाप उल्लेखनीय रुपमा बढेको छ।
सडक सुधारका कारण जेठ १० देखि २५ गतेसम्म बिहान १०:३० बजेदेखि दिउँसो ३ बजेसम्म सवारी आवागमन रोकिनेछ। तर आपतकालीन सेवाका लागि दमकल, एम्बुलेन्स र सुरक्षा निकायका सवारी साधनहरूलाई स्वतन्त्र आवागमनको अनुमति दिइनेछ।
क्याटेगोरी : समाचार
ट्याग : #छहरे-टोखा सडकमा सवारी चाप बढ्यो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्