‘जनकमाण्डर’ बाट हटाइएनन् दुर्गा प्रसाईँ, प्रहरीले झूटो बयान लेखेको जनआन्दोलन समितिको दाबी
काठमाडौं । संयुक्त जनआन्दोलन समितिले तीनकुने घटनामा आरोपीहरूमाथि प्रहरीले मुद्दा दायर गर्दा बयानमै छलकपट गरेको आरोप लगाएको छ । पक्राउ परेका राजावादीहरू कसैले पनि एक-अर्काविरुद्ध बयान नदिएको दाबी समितिका प्रवक्ता स्वागत नेपालले गरे ।
प्रहरीले दायर गरेको अभियोग पत्रमा दुर्गा प्रसाईँले राप्रपाका नेताहरूलाई र राप्रपा नेताहरूले प्रसाईँलाई दोष देखाएर बयान दिएको उल्लेख छ । प्रसाईँले राप्रपा नेताहरूले कार्यक्रममा ढुंगा हान्न लगाएको भनेर बयान दिएको समाचार समेत मिडियाहरूमा आएका छन् ।
यस्तै, राप्रपाका नेताहरू रवीन्द्र मिश्र र डा. धवलशम्शेर राणाले आफूहरू अतिथिका रूपमा मात्र सहभागी भएको भन्दै हिंसा भड्किएको सबै दोष प्रसाईँमाथि लगाएको दाबी प्रहरी प्रतिवेदनमा गरिएको छ ।
यस विषयमा समिति प्रवक्ता नेपालले आपत्ति जनाए । प्रहरीले बोल्दै नबोलेका कुरा आफैं लेखेर बयानमा राखेको उनको भनाइ छ ।
‘मैले हिरासतमा र अदालतमा सबैसित भेटेर कुराकानी गरेको छु । कसैले पनि एक अर्कालाई दोष दिएका छैनन् । प्रहरीले कसैलाई ३२ बुँदा देखाएर ४२ वटामा त कसैलाई ३६ वटा देखाएर ४६ बुँदामा हस्ताक्षर गराएको रहेछ । थपिएका बुँदाहरू प्रहरीले नै लेखेका हुन् । कसैले चाहिँ हामीलाई डरधाक देखाएर सही गराएको पनि भन्नुभयो । एक पटकमा एक जनालाई कोठाभित्र थुनेर फलानोले तँलाई यस्तो भनेको छ है भनेर उक्साउने काम पनि गरेको पाइयो । यो सबै बदमासीका विषयमा अदालतमा एकदम राम्रोसँग बहस पैरवी हुनेछ,’ उनले भने ।
तीनकुने घटनाका मुख्य जिम्मेवार मानिएका दुर्गा प्रसाईँ संयुक्त जनआन्दोलन समितिका पनि जनकमाण्डर हुन् । तीनकुने आन्दोलन भने प्रसाईँकै संस्था नागरिक बचाउ महाअभियानको नेतृत्वमा भएको थियो, जसलाई पछि जनआन्दोलन समितिले पनि अपनत्व लियो ।
प्रसाईँ अहिले पनि समितिको जनकमाण्डरकै हैसियतमा रहेको बताउँछन्, प्रवक्ता नेपाल । उनले भने, ‘उहाँलाई हटाइएको छैन, अहिले पनि जनकमाण्डर नै हो ।’
क्याटेगोरी : समाचार
ट्याग : #‘जनकमाण्डर’ बाट हटाइएनन् दुर्गा प्रसाईँ, #breaking, #प्रहरीले झूटो बयान लेखेको जनआन्दोलन समितिको दाबी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्