टोखा भगवती क्लबलाई नगरपालिकाको एक करोड सहयोग
काठमाडौं, जेठ १३ । शहीद स्मारक बी डिभिजन लिगमा उपविजेता बन्दै शीर्ष डिभिजनमा स्थान बनाउन सफल श्री टोखा भगवती क्लबलाई टोखा नगरपालिकाले एक करोड रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। साथै, क्लबको नियमित अभ्यासका लागि भूतखेल खुला मञ्च प्रदान गर्ने निर्णय गरिएको छ। टोखा नगरपालिका कार्यालयमा आज आयोजित विशेष सम्मान समारोहमा नगर प्रमुख श्री प्रकाश अधिकारीले क्लबका खेलाडी, प्रशिक्षक तथा पदाधिकारीहरूलाई बधाई दिँदै उक्त घोषणा गर्नुभएको हो। प्रमुख अधिकारीले क्लबको उत्कृष्ट प्रदर्शनप्रति प्रशंसा व्यक्त गर्दै आगामी दिनमा अझ उचाइमा पुर्याउन नगरपालिकाको तर्फबाट निरन्तर सहयोग रहने विश्वास पनि व्यक्त गर्नुभयो।
उक्त कार्यक्रममा उपप्रमुख श्री मुरारी तामाङले अभ्यास तथा एकेडेमी सञ्चालनका लागि आवश्यक सम्पूर्ण सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो। श्री टोखा भगवती क्लबले लिग अन्तर्गत १३ खेल खेल्दै ७ मा जित, ५ बराबरी र १ मा हार व्यहोरेको थियो। २६ अंकसहित क्लबले उपविजेता बन्न सफल हुँदै पहिलो पटक शीर्ष डिभिजनमा प्रवेश गरेको हो। कार्यक्रममा क्लबलाई मायाको चिनो स्वरूप खेल पोसाक समेत प्रदान गरिएको थियो।
यस्तै टोखा खेलकुद विकाश समितिका संयोजक नरोतम राणाले नगरपालिकाले क्लबको आगामी यात्रामा अझ उत्कृष्ट सफलता मिलोस् भन्ने शुभकामना गर्नुभएको छ ।
क्लबका अध्यक्ष गणेशलाल श्रेष्ठले टोखा नगरपालिकाप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दै क्लबको यात्रामा प्राप्त सहयोगले नयाँ उर्जा थपेको उल्लेख गर्नुभयो।

क्याटेगोरी : समाचार
ट्याग : #hot, #टोखा भगवती क्लबलाई एक करोड सहयोग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्