‘प्रधानमन्त्रीले जवाफ दिनुपर्छ, छानबिनमा रहनुपर्ने गृहमन्त्रीले राजीनामा दिने हो सदनमा बोल्ने होइन’
काठमाडौं । रास्वपा सांसद शिशिर खनालले भिजिट भिसा प्रकरणमा प्रधानमन्त्री केपी ओलीले जवाफ र गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने बताएका छन्।
प्रतिनिधि सभाको बैठक स्थगित भएपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री अनुसन्धानको घेरामा आउनुपर्ने बताए।
उनले भने, ‘अब उहाँले नै स्थापित गर्नुभएको संसदमा बोलेको कुरा हो, कुनै पनि प्रकरणमा कुरा उठेपछि राजीनामा दिनुपर्छ भनेर, अब यसमा प्रधानमन्त्रीले जवाफ र गृहमन्त्रीले अनुसन्धानमा सघाउनुपर्छ। हामी गृहमन्त्रीलाई जवाफ दिन दिँदैनौँ। उहाँ अब छानबिनमा रहनुपर्छ।’
उनले सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा जोडिएको विषय भएकाले उच्चस्तरीय आयोग बनाउनुपर्ने अडान दोहोर्याए।
क्याटेगोरी : समाचार
ट्याग : #‘प्रधानमन्त्रीले जवाफ दिनुपर्छ, #breaking, #छानबिनमा रहनुपर्ने गृहमन्त्रीले राजीनामा दिने हो सदनमा बोल्ने होइन’
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्