उपमेयरको घरमा ब्रेक फेल बस पसेर दुईजनाको मृत्यु, दुई गम्भीर घाइते
हेटौंडा, मकवानपुर — मकवानपुरको थाहा नगरपालिका–३ स्थित गोपाली गाउँमा सोमबार बिहान भएको बस दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
मकवानपुर प्रहरीले दिएको जानकारीअनुसार त्रिभुवन राजपथको गोपाली गाउँबाट थानाबजारतर्फ जाँदै गरेको बा ३ ख ५९९० नम्बरको बसब्रेक फेल भएर अनियन्त्रित भई थाहा नगरपालिकाका उपमेयर भरत गोपालीको घरभित्र पसेको थियो।
दुर्घटनामा परेर ४० वर्षीय कृष्ण बलामी र लोकेन्द्र कुमार ठाकुरको ज्यान गएको पुष्टि गरिएको छ। स्थानीयका अनुसार बसले सडकमा हिँडिरहेका एक पुरुषलाई ठक्कर दिएर घरभित्र छिरेको थियो।
यस घटनामा रघुनन्द यादव र कमलेश कुमार साह गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। उनीहरूको उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ।
प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #उपमेयरको घरमा ब्रेक फेल बस पसेर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्