संखुवासभामा विद्युत समस्या समाधानका लागि सार्वजनिक सुनुवाइ
स्थायी समाधानका लागि समन्वयमा जोड ।
खाँदबारी, संखुवासभा | संखुवासभा जिल्लामा देखिएको विद्युत आपूर्ति समस्या र पूर्ण विद्युतीकरणको अवस्थाबारे छलफल गर्न सार्वजनिक सुनुवाइ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री माननीय दिपक खड्काको अनुरोधमा नेपाल विद्युत प्राधिकरण कोशी प्रादेशिक कार्यालयको संयोजन र खाँदबारी वितरण केन्द्रको आयोजनामा आयोजित कार्यक्रममा स्थानीय तह, नागरिक समाज, सञ्चारकर्मी, युवाहरु र सेवाग्राहीको सक्रिय सहभागिता रहेको थियो।

जिल्लाका विभिन्न स्थानमा भइरहेका विद्युत आपूर्तिको अनियमितता, कमजोर प्रशारण संरचना, तथा नवविकसित बस्तीहरूमा विद्युत सेवाको पहुँच नपुगेको गुनासो प्रमुख रूपमा उठाइएको थियो। सहभागीहरूले स्थायी समाधानका लागि दीर्घकालीन योजना र दिगो पूर्वाधार विकासमा जोड दिनुपर्ने धारणा व्यक्त गरे।
कार्यक्रममा नेपाल विद्युत प्राधिकरण कोशी प्रदेशका प्रादेशिक प्रमुख राजीवकुमार सिंहले प्रस्तुत जिज्ञासाहरूको जवाफ दिँदै, सेवाग्राहीको गुनासो गम्भीर रूपमा लिने प्रतिबद्धता जनाउनुभयो। उहाँले खाँदबारी वितरण केन्द्रलाई तुरुन्त समाधान गर्न सकिने समस्याहरूमा चाँडो कार्यान्वयन गर्न निर्देशन दिइसकेको जानकारी दिनुभयो भने दीर्घकालीन प्रकृतिका समस्याहरू प्रादेशिक कार्यालयमार्फत केन्द्रीय तहमा समेत समन्वय गरिने बताउनुभयो।

कार्यक्रममा जिल्ला समन्वय समिति, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, स्थानीय सरोकारवाला निकाय, खाँदबारी युथ क्लब, सञ्चारकर्मी तथा आम नागरिकहरूको उल्लेखनीय उपस्थिति थियो।

क्याटेगोरी : समाचार
ट्याग : #उर्जा जलस्रोत तथा सिचाइ मन्त्रालय, #उर्जा मन्त्री दिपक खड्का, #कोशी प्रादेशिक कार्यालय, #नेपाल विद्युत प्राधिकरण, #प्रदेशिक प्रमुख राजिब सिंह, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्