बालेनलाई उपमेयरको नेतृत्वमा बैठकको दबाब, रास्वपाकी वडाध्यक्ष समेत हस्ताक्षरकर्ता
काठमाडौं, बैशाख १३ – काठमाडौं महानगरपालिकामा लामो समयदेखि रोकिएको कार्यपालिका बैठक बोलाउन उपमेयर सुनिता डंगोलको नेतृत्वमा मेयर बालेन्द्र शाहलाई पत्र बुझाइएको छ। पत्रमा सात दिनभित्र कार्यपालिका बैठक बोलाउन माग गरिएको छ।
कार्यपालिका सदस्यहरूले बुझाएको उक्त पत्रमा उल्लेख छ कि पौष १४ गतेपछि आजसम्म नगर कार्यपालिकाको बैठक बसेको छैन, जसका कारण नगरको नीतिगत तथा विकाससम्बन्धी निर्णय प्रक्रिया ठप्प भएको छ।
उक्त पत्रमा १८ जना वडाध्यक्षसहित ५ जना अन्य कार्यपालिका सदस्यहरूको हस्ताक्षर छ। बैठक माग गर्ने पत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित एक मात्र वडाध्यक्ष रोजिना श्रेष्ठले समेत हस्ताक्षर गरेकी छन्। श्रेष्ठ निर्वाचित भएपछि अहिलेसम्म एक पटक पनि कार्यपालिका बैठक बस्न सकेको छैन।
पछिल्लो समय कार्यशैली, निर्णय प्रक्रिया र पदाधिकारीबीच समन्वय अभावका कारण मेयर बालेन शाह एक्लिँदै गएका छन् भन्ने टिप्पणीहरू सार्वजनिक बहसको विषय बनेका छन्। उपमेयर डंगोलसहित कार्यपालिका सदस्यहरूले समावेशी र सहमति-आधारित निर्णय प्रक्रियाको खाँचो औंल्याउँदै बैठक तत्काल डाक्नुपर्ने आवश्यकता दोहोऱ्याएका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बालेनलाई उपमेयरको नेतृत्वमा बैठकको दबाब, #रास्वपाकी वडाध्यक्ष समेत हस्ताक्षरकर्ता
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्