युवा संघमा प्यानलगत प्रतिस्पर्धा, कसको टीमबाट को-को ?
काठमाडौं — राष्ट्रिय युवा संघ नेपालको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। नेकपा एमालेनिकट यो संगठनको निर्वाचन प्रक्रियामा ढिलाइ भए पनि आजै मतदान हुने निश्चित भएको छ। बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्मको समय तोकिए पनि उम्मेदवारको प्रारम्भिक सूची ढिला आएको र दाबीविरोध टुंगिन बाँकी रहेकाले मतदान ढिला हुनसक्ने निर्वाचन समितिले जनाएको छ।
अध्यक्षका लागि सीधा प्रतिस्पर्धा
अध्यक्ष पदमा निवर्तमान अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरी प्रतिस्पर्धामा छन्। पार्टी नेतृत्वको समर्थन पाएका थेबे र अन्तिमसम्म ब्याक नभएका पुरीबीच प्रतिस्पर्धा भएपछि निर्वाचन हुन लागेको हो। सर्वसम्मत प्रयास नेताहरूले गरे पनि निष्कर्षमा पुग्न नसकेको जानकारी छ।
क्षितिज थेबे प्यानल
-
उपाध्यक्ष: महाराज गुरुङ, विनय शाह
-
महासचिव: महेश चौलागाई
-
उपमहासचिव: उपेन्द्र शाही
-
खुला सचिव: मदन भण्डारी, देबु बस्नेत
-
महिला सचिव: निशा लिम्बू
-
मधेशी सचिव: मोबिन आलम
आयोग अध्यक्षहरू
-
लेखा आयोग: किसुन जैशी
-
निर्वाचन आयोग: मदन गिरी
-
अनुशासन आयोग: मोहम्मद मिजाम
-
युवा विज्ञ परिषद: चीन लामा
सुमन पुरी प्यानल
-
उपाध्यक्ष: पर्वत भण्डारी, प्रकाश गौतम
-
महासचिव: कुवेर अधिकारी
-
उपमहासचिव: खेमराज शर्मा
-
खुला सचिव: ध्रुव खड्का, अरुण कुँवर
-
महिला सचिव: रेशु तामाङ
-
मधेशी सचिव: चितरञ्जन यादव
आयोग अध्यक्षहरू
-
निर्वाचन आयोग: शिव रिमाल
-
लेखा आयोग: विक्रम गुरुङ
-
अनुशासन आयोग: अजयजंग शाही
-
युवा विज्ञ परिषद: मोदनाथ सिलवाल ‘सन्तोष’
राष्ट्रिय युवा संघ नेपालको इतिहासमै पहिलोपटक निर्वाचनबाट नेतृत्व चयन प्रक्रिया सुरु भएको छ। दुवै पक्ष बलियो देखिए पनि अन्तिम निर्णय मतपेटिकाबाटै निस्कनेछ। युवासंघको यो निर्वाचन एमालेका लागि भावी नेतृत्व उत्पादन गर्ने थलोको रूपमा समेत हेरिएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #युवा संघमा प्यानलगत प्रतिस्पर्धा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्