टोखाको चण्डेश्वरीको पुरात्वतिक महत्वको दुईवटा शंख चोरी
न्यूज अफ टोखा, काठमाडौँ ।
टोखाको चण्डेश्वरी महादेवको नामले चिनिले मुस्खारेश्वर महादेवको पुरात्वतिक महत्वको दुईवटा शंख चोरी
न्यूज अफ टोखा, काठमाडौँ । टोखाको चण्डेश्वरी महादेवको नामले चिनिले मुस्खारेश्वर महादेवको पुरात्वतिक महत्वको दुईवटा शंख चोरी भएको छ ।
लिच्छविकालिन उक्त महादेवको मन्दिरमा लगाएको ताल्चा फोरी पुरात्वतिक शंखका साथै दानपेटिमा रहेको नगदसमेत गत मंगलबार राती चोरी भएको मन्दिरका पूजारी मंगल कर्माचार्यले बताएका छन् । चोरी भएको बहुमुल्य शंख कति वर्ष पुरानो हो भनेर यकिनका साथ मिति भन्न नसकिएपनि १ सयवर्षभन्दा पुरानो हुनसक्ने अडकल गरेका छन् ।

विश्वमा महामारीको रुपमा फैलिररहेको नबोल कोरोना भाइरस (कोभिड-१९) संक्रमण नियन्त्रण तथा रोकथामका लागि जारी लकडाउनको समयमा कसले चोरी गर्यो यकिनका साथ भन्न नसकिएता पनि उश्रृखल र लागु पदार्थको सेवन गर्ने समूहहरुको कार्य हुन सक्ने महानगरीय प्रहरी प्रभाग टोखाका प्रहरी नायव निरिक्षक सोभित अर्यालले बताएका छन् । उनले यस घटनाको बारेमा विशेष छानविन तथा अनुसन्धान अगाडी बढिरहेको समेत जनाएका छन् ।
योसँगै यस मन्दिर परिसरमा तीन पटक चोरीका घटना घटिसकेका छन् । टोखाबासीहरुको धार्मिक तथा साँस्कृतिक महत्वको यस मन्दिर परिसर दिनप्रतिदिन असुरक्षित बन्दै गैरहेको छ सम्बन्धित निकायले तत्काल सुरक्षाका लागि पहलकदमी नचाल्ने हो भने निकट भविष्यमा ठुलो दुर्घटना व्यहोर्न नपर्ला भन्न सकिन्न ।
क्याटेगोरी : समाचार
ट्याग : #टोखाको चण्डेश्वरी महादेव
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्