शारीरिक समस्या अनुसारको योग प्रशिक्षण र निःशुल्क शक्तिवर्धक औषधी वितरण
काठमाडौँ, जेठ ९ गते । निरोगी रहन व्यक्तिहरु योगमा अभ्यस्त हुने गर्छन् । यो राम्रो अभ्यास हो । यसमा ध्यान दिनु पर्ने पक्ष चाहिँ रोग अनुसारका योग आसन र अभ्यास हुन्छन् । सबै खालका रोगलाई सबै खालका योग लाभदायक नहुन सक्छन् ।
यसकारण शारीरिक अवस्था र रोग अनुसार योग गर्न प्रोत्साहित गर्न काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले योग शिविर सञ्चालन गरिरहेको छ । ‘आरोग्य जीवन’ स्वर्णिम योजनाअन्तर्गत शिविर सञ्चालन गरिएको हो ।
कार्यक्रमअन्तर्गत एक ठाउँमा पाँच दिन शिविर चलाउने गरिएको छ । वैशाख १४ गते पहिलो शिविर वडा नम्बर १४ बाट थालिएको हो । दोस्रो शिविर वैशाख २१ गतेबाट वडा नम्बर १२ मा गरियो । वैशाख ३० गतेदेखि वडा नम्बर १५ मा कार्यक्रम आयोजना गरियो । जेठ ५ गते धरहरामा परिसरमा सुरु भएको शिविर शुक्रबार सकिएको छ । यसपछि वडा नम्बर ३१ मा त्यसपछि वडा नम्बर २३ मा शिविर आयोजना गरिने कार्यक्रम रहेको छ ।
शिविरको अन्तिम दिन (पाँचौँ) दिन रक्तचाप र मधुमेहको परीक्षण गरेर निःशुल्क शक्तिवर्धक (रसायन) औषधी प्रदान गर्ने गरिएको वरिष्ठ वैद्य पार्वती रावलले जानकारी दिनुभयो । यसरी प्रदान गरिने औषधीहरुमा त्रिफला चूर्ण, अश्वगन्धा, च्यवनप्रास, आमलकी, महानारायण तेललगायत छन् ।
वैद्य निरीक्षक मञ्जुश्री ठाकुरका अनुसार परीक्षण गरिएका व्यक्तिहरुमा रक्तचाप आम मानिसको साझा समस्या जस्तै देखिएको छ ।
परीक्षणपछि डाक्टरहरुबाट आहार, विहार, आचार, विचारसँग रोगको सम्बन्ध, शारीरिक तथा मानसिक स्वास्थ्यका लागि जीवनशैलीको सम्बन्धका विषयमा परामर्श गरिन्छ ।
कार्यक्रमअन्तर्गत वडाहरुमा योग प्रशिक्षण नियमित सञ्चालन गर्न योग प्रशिक्षक प्रशिक्षण, व्यायाम व्यवसायीहरुमार्फत खुला स्थानमा शारीरिक अभ्यासको प्रवर्धनलगायत कार्यक्रम सञ्चालन गरिसकेको छ ।
रोगबाट थलिनुअघि नै निरोगी हुने बाटो समाउन प्रोत्साहित गर्नु कार्यक्रमका मुख्य क्रियाकलाप हुन् । स्वास्थ्योपचारमा हुने खर्च र यस समयमा परिवारले भोग्नु पर्ने मानसिक पीडाबाट नागरिकको आर्थिक, शारीरिक तथा मानसिक अवस्थालाई क्षति हुनबाट बचाउने उद्देश्यसहित कार्यक्रम थालिएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #शारीरिक समस्या अनुसारको योग प्रशिक्षण र निःशुल्क शक्तिवर्धक औषधी वितरण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्