हिलो, धुलो र जाम: साँगा-धुलिखेल ६ लेन विस्तारको ढिलाइमा सर्वसाधरण आजित
काठमाडौं । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक ६ लेनमा विस्तारको काम ढिलासुस्ती हुँदा यात्रुहरुले सास्ती खेप्नु परेको छ । घाम लाग्दा हाेस् या पानी पर्दा याे सडक प्रयाेग गर्ने सर्वसाधरणले दुख पाइरहेका छन् ।
वर्खाले हिलाम्मे सडक पार गर्न सवारीधनीहरुले ठूलै सास्ती खेप्नु परेको छ । हिलो बाटोको कारण दुर्घटना बढ्नुको साथै घण्टौं सवारी जाम बेहोर्नुपरिरहेको छ । साथै घाम लाग्दा धुलाे उडेर बसिनसक्ने हुने स्थानीयहरु बताउँछन् ।
सडक विस्तारको समयमै नसकिँदा सर्वसाधरणहरु आजित भएका छन् । जसकाे कारण सर्वसाधरणहरु समयमै गन्तव्यमा पुग्न समस्या भइरहेको छ ।
साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि विस्तार थालिएको थियाे ।
विसं २०७९ पुस २४ बाट सुरु गरिएको १६ किलोमिटर लम्बाइको सो सडक ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । उक्त सडक खण्ड सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी दुई खण्डमा विभाजन गरी सोहीअनुसार ठेक्का सम्झौता भई विस्तार भइरहेको छ ।
हाल दुई खण्डको विस्तारको काम ४० प्रतिशतको हाराहारीमा भएको आयोजनाले जनाएको छ । ‘निर्धारित समयभित्र विस्तारको काम सकिँदैन, केही महिना समय थप्नुपर्ने हुन्छ’, आयोजनाका सिनियर डिभिजनल इन्जिनियर एवं सूचना अधिकारी सजना अधिकारीले भनिन् ।
यस्तै साँगा-धुलिखेल खण्डमा बनेपाको सहरी क्षेत्रमा पुललगायत व्यक्तिगत घरको विवाद तथा मापदण्डभित्रका घर भत्काउन नसक्दा ढिलाइ भएको अधिकारीको भनाइ छ ।
उनका अनुसार बनेपा क्षेत्रको विवाद भने टुङ्गिएको छ । अझै घर भत्काउने र रूख काट्ने काम बाँकी नै छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #धुलो र जाम: साँगा-धुलिखेल ६ लेन विस्तारको ढिलाइमा सर्वसाधरण आजित, #हिलो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्