रविको रिहाइ रोक्न दिनेश त्रिपाठीले आज बहस गर्दै, सुरेन्द्रको पनि साथ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीको मुद्दामा आज पनि सुनवाइ जारी रहनेछ । न्यायाधीशद्वय नहकुल सुबेदी र बालकृष्ण ढकालको इजलासमा हिजो भएको सुनवाइ समय अभावले हेर्दा हेर्दैमा परेको थियो ।
रविका तर्फबाट पत्नी निकिता पौडेलले दिएको बन्दी प्रत्यक्षीकरण तथा रवि र छविले उच्च अदालतको थुनछेक आदेशविरुद्ध गरेको पुनरावेदनलाई एकै ठाउँ राखेर बहस भइरहेको हो । रविका वकिल, छविका वकिल र सरकारी वकिल सबैले बहस सिध्याइसकेका छन् । आज जाहेरवालाको तर्फबाट बहस हुने छ ।
जाहेरवालाको तर्फबाट बहस गर्न वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले हिजो नाम टिपाएका छन् । त्रिपाठीको कुरा गर्ने हो भने उनी पहिल्यैदेखि रविविरुद्ध निरन्तर बहस गरिरहेका वकिल हुन् । रविमाथि मुद्दा परेका सबैजसो अदालतमा पुगेर उनले बहस गर्दै आएका छन् । गत माघमा काठमाडौं जिल्ला अदालतमा रवि विरुद्ध बहस गरेर फर्किँदा उनीमाथि अदालत परिसरमा कुटपिट समेत भएको थियो ।
यदि सर्वोच्चले उच्च अदालतको फैसला उल्टायो भने रवि आजै रिहा हुन पनि सक्छन् । तर यदि त्यसलाई सही ठहर्याएको खण्डमा उनी थुनामै बस्नुपर्ने छ । रविको बन्दी प्रत्यक्षीकरण रिट भने खारेज हुने सम्भावना छ ।
जाहेरीकर्ताको तर्फबाट बहस सकिएपछि निवेदक रवि र छविका तर्फबाट जवाफी बहस हुनेछ । दुवैका एक–एक वकिलले बहस गर्न पाउनेछन् । छविका तर्फबाट जवाफी बहस गर्न हिजै सतिशकृष्ण खरेलले नाम टिपाइसकेका छन् । यदि समयमै बहस सकियो भने आजै न्यायाधीशले आदेश लेख्न सक्छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रविको रिहाइ रोक्न दिनेश त्रिपाठीले आज बहस गर्दै, #सुरेन्द्रको पनि साथ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्