गिनिज वर्ल्ड रेकर्ड होल्डर सज्जन डंगोलद्वारा सगरमाथा सफल आरोहण, टोखा नगरपालिकाबाट विशेष सम्मान
काठमाडौं । काठमाडौं टाेखाका सज्जन डंगोलले विश्वको सर्वोच्च शिखर सगरमाथा (Mt. Everest) सफलतापूर्वक आरोहण गरेका छन् । उनले २०८२ सालको बैशाख ३१ गते बिहान ७:५० बजे सगरमाथाको शिखरमा नेपाली झन्डा फहराउँदै ऐतिहासिक पाइला टेकेका हुन् ।
यो गौरवपूर्ण उपलब्धिपछि टोखा नगरपालिकाले विशेष सम्मान कार्यक्रमको आयोजना गर्दै डंगोललाई नगरको नाम उच्च बनाएकोमा कृतज्ञता प्रकट गरेको छ । टोखा नगरपालिकाको आयोजनामा नगर प्रमुख प्रकाश अधिकारीद्वारा नगर खेलकुद विकास समितिका संयोजक एवं वडा नं. ७ का वडा अध्यक्ष नरोत्तम राना तथा अन्य पदाधिकारीहरूको विशेष उपस्थितिमा डंगोललाई सम्मानपत्र, दोसल्ला र फूलमालाले सम्मान गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख प्रकाश अधिकारीले भन्नुभयाे, “सज्जन डंगोलले सगरमाथा आरोहणमार्फत टोखा नगरको मात्र होइन, सम्पूर्ण मुलुकको गौरव बढाउनुभएको छ । उहाँको यस सफलताले हाम्रा युवाहरूलाई प्रेरणा मिल्नेछ । टोखा नगरपालिकाको तर्फबाट हामी उहाँलाई हार्दिक बधाई र धन्यवाद दिन चाहन्छौं ।”
कार्यक्रमका अन्य वक्ताहरूले पनि डंगोलको साहस, आत्मबल, अनुशासन र पर्वतारोहणमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्नु भएकाे थियाे । हाल बेलायतमा कार्यरत डंगोल गिनिज वर्ल्ड रेकर्ड होल्डरसमेत हुनुहुुन्छ ।
उहाँले सन् २०२४ को फेब्रुअरीमा एक घण्टामा वैकल्पिक खुट्टा प्रयोग गरेर ९,२१८ पटक फुटबल (सकर बल) टच गरी नयाँ विश्व कीर्तिमान कायम गर्नु भएको थियाे । सगरमाथा आरोहणसँगै उहाँले फेरि एकपटक नेपाली युवाहरूको साहस, लगनशीलता र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने क्षमता पुष्टि गर्नु भएको छ । उहाँको यस सफलताका लागि देश–विदेशबाट बधाई सन्देशहरू प्राप्त भइरहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #गिनिज वर्ल्ड रेकर्ड होल्डर सज्जन डंगोलद्वारा सगरमाथा सफल आरोहण, #टोखा नगरपालिकाबाट विशेष सम्मान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्