नयाँ गभर्नर आएको दिन यस्तो रह्यो नेप्से
काठमाडौं । आज सेयर बजार ७.९४ अंकले आज सेयर बजार घटेको छ । नवनियुक्त गभर्नर डा. विश्व पौडेलले आज पदभार सम्हालेका थिए । हिजो झण्डै ५० अंकले बढेको सेयर बजारमा आज गिरावट आएको छ ।
आज नेप्से ७.९४ अंकले घटेर २६६९.५१ विन्दुमा रोकियो । १० अर्ब ६९ करोड ८६ लाख ५१ हजार ६८० रूपैयाँ बराबरको कारोबार हुँदा २ करोड ३० लाख २६ हजार २४५ कित्ता सेयर खरिदबिक्री भयो ।
आज कारोबारमा आएकामध्ये ९३ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । भने, १५३ कम्पनीको सेयर मूल्य घटेको छ । एउटा कम्पनीको मूल्य थपघट भएको छैन ।
राधी विद्युत कम्पनीको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । सो कम्पनीको आज ७१ करोडभन्दा बढीको कारोबार भएको हो । ओम मेगाश्री फर्माको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नयाँ गभर्नर आएको दिन यस्तो रह्यो नेप्से
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्