राष्ट्रिय सभा शून्य समय : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौं, ७ जेठ । राष्ट्रिय सभाको आजको बैठकका शून्य समयमा भाग लिँदै सदस्यहरुले पर्यटन क्षेत्रलाई दिनुपर्ने सुविधादेखि लिएर विपद् व्यवस्थापनतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रिय सभाको सदस्य उर्मिला अर्यालले भारतीय पर्यटकलाई एक हजार रुपैयाँ र ५०० दरका भारतीय नोट चलाउने अनुमति दिएमा नेपाल आउने पर्यटक सय रुपैयाँका धेरै नोट बोक्नुपर्ने झन्झटबाट मुक्त हुने भएकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइन् ।
सदस्य कमला पन्तले ‘विपद् भन्ने कुरा बाजा बनाएर आउँदैन’ भन्ने नेपाली उखानजस्तै समयमै विपद् रोकथाम गर्नुपर्ने तथा हिमताल फुटेर नागरिक प्रभावित हुनेगरेको प्रति समयमै सेचत रहन सरकारको ध्यानाकर्षण गराइन् ।
सदस्य कृष्णप्रसाद पौडेलले पछिल्लो पाँच वर्षमा एक हजारभन्दा बढी व्यक्तिले विद्युतीय करेन्ट लागेर ज्यान गुमाउनु परेको उल्लेख गर्दै विद्युत् प्राधिकरणमार्फत लत्रिएका तारको व्यवस्थापन गरी भूमिगत तार लगाउने व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराए ।
सदस्य गोमादेवी तिमिल्सिनाले नेपाली कांग्रेस र कम्युनिस्ट सरकारको नेतृत्वमा बनेको सरकारका पालामा नीजिकरण गरेका उद्योगबाट कति रोजगारी सिर्जना भए भन्ने विषयमा सदनलाई यथार्थ विवरण गराउन माग गरिन् ।
सदस्य दुर्गा गुरुङले कर्णाली प्रदेशमा पूर्वाधार निर्माण र ठूला उद्योग सञ्चालन नहुँदा रोजगारीको अभावमा वैदेशिक रोजगारमा धेरै जाने गरेको हुनाले स्वदेशमै सीपमूलक तालिम र रोजगारीका लागि उद्योगधन्दा सञ्चालन गर्न माग गरिन् ।सदस्य नरबहादुर विष्टले कर्णाली प्रदेशको राजधानी सुर्खेतदेखि दैलेख जाने बाटोमा अत्यधिक दुर्घटना हुनेगरेकाले त्यसको रोकथामा लागि आवश्यक पहलकदमी गरिदिन सरकारसँग अनुरोध गरे ।
सदस्य नारायणदत्त मिश्रले देशभर रासायनिक मलको हाहाकार भएको र सीमापारीबाट लुकीछिपी एक/दुई बोरा मल ल्याउँदा प्रहरीले दुःख दिनेगरेको उल्लेख गर्दै कृषि उत्पादन बढाउने उद्देश्यका साथ साइकलमा राखी मल ल्याउनेलाई नसमात्न र ट्रकमा ल्याउनेलाई नियमानुसार पक्रन आग्रह गरे । सदस्य भूवनबहादुर सुनारले किसानले रासायनिकन मल नपाएको कारण कृषि उत्पादनमा समस्या देखिएकाले जतिसक्दो चाँडो मलखादको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।
सदस्य मोहमद खालिदले सुर्तीजन्य पद्धार्थको आयातलाई निरुत्साहित गर्ने उद्देश्यले लगाइएको कर ३४ प्रतिशत मात्र रहेको सन्दर्भमा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार सूर्तीजन्य पद्धार्थको कर वृद्धि गर्न सुझाव दिए । सदस्य राजेन्द्रलक्ष्मी गैरेले चट्याङ्को घटनाबाट गण्डकी प्रदेश सबैभन्दा बढी प्रभावित भएको र त्यस्ता घटनालाई न्यूनीकरण गराउन सरकारसँग माग गरे । सदस्य सुरेशकुमार आले मगरले देशमा समृद्धि ल्याउन आवश्यक उद्योगधन्दामत्री नियम, कानुन, नीति तथा कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #राष्ट्रिय सभा शून्य समय : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्