योगेशको प्रश्न- प्राविधिक त्रुटि ठहर्याइएको पोखरा विमानस्थलमा कसरी उडान भइरहेको छ ?
काठमाडौं । नेकपा एमालेका सचिव एवं पूर्वपर्यटनमन्त्री योगेश भट्टराईले संसदीय उपसमितिले गम्भिर प्राविधिक त्रुटि ठहर्याएको पोखरा विमानस्थलमा कसरी हवाई उडान भइरहेको छ भन्दै प्रश्न उठाएका छन् ।
प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति बैठकमा राजेन्द्र लिङदेन नेतृत्वको उपसमितिको प्रतिवेदनउपर छलफलमा उनले उपसमितिको प्रतिवेदन मान्ने हो भने पोखरा विमानस्थल तत्काल बन्द गर्नुपर्ने जिकिर गरे ।
भट्टराईले भने, ‘सोधपुछ नै नगरी कारवाहीको लिष्टमा राखिएको छ । प्राविधिक त्रुटि भनिएको छ, एयरपोर्टको प्राविधिक पक्षलाई सर्टिफाई गर्ने आईकाओले हो । आईकाओले पोखरा विमानस्थल उडानयोग्य भनेर सर्टिफाइ गरेकोलाई कसरी बदर गर्न सक्छ र प्राविधिक हिसाबले त्रुटिपुर्ण छ भनेर कसरी उपसमितिले भन्न सक्छ ?’
उनले थपे, ‘यदि त्रुटिपूर्ण छ भने एउटा विमान पनि उडान र अवतरण गर्न मिल्दैन । कसरी उडान भइरहेका छन् ? यो सामान्य कुरा होइन, प्रतिवेदनमा गम्भिर कमजोरी भएको छ । यो विषयमा टिप्पणी गर्दा धेरै सावधानी अपनाउनुपर्छ ।’
सांसद भट्टराईले पोखरा विमानस्थलबारे अध्ययन गर्न उपसमितिका सदस्य रहेका एक सांसद पूर्ववनमन्त्री रहेकाले स्वार्थ माझिनेगरी आएको प्रतिवेदन स्वीकार गर्न नसकिने बताए । पोखरा विमानस्थल निर्माणको निर्णय प्रक्रियामा सहभागी भएको व्यक्ति नै उपसमितिको सदस्य रहेको भन्दै उक्त प्रतिवेदमा स्वार्थ बाझिएको उनको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #योगेशको प्रश्न- प्राविधिक त्रुटि ठहर्याइएको पोखरा विमानस्थलमा कसरी उडान भइरहेको छ ?
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्