चितवनलाई पर्यटकीय राजधानी घोषणा गर्न माग
चितवन, ७ जेठ । चितवनलाई पर्यटकीय राजधानी बनाउन माग गरिएको छ । जिल्ला समन्वय समितिको अगुवाईमा यहाँका सात पालिकाले जिल्लालाई पर्यटकीय राजधानी बनाउन आग्रह गरेका हुन् ।
जिल्ला समन्वय समिति चितवनको प्रमुख नारायणप्रसाद अधिकारीका अनुसार सात पालिका र सरोकारवालाको बैठकले जिल्लालाई पर्यटकीय राजधानी बनाउन अनुरोध गरेसँगै आफूले पहल थालेको जानकारी दिए । उनले भने, “आज हामी बागमती प्रदेशका मुख्यमन्त्रीलाई औपचारीक रूपमा आग्रह गर्दै छौँ ।” जिल्लाका सात पालिकाका प्रमुख एबं प्रतिनिधि, निजी क्षेत्र, पर्यटन व्यवसायी, पर्यटन विज्ञ तथा सरोकारवालाले बागमती प्रदेश सरकारलाई पर्यटकीय राजधानी घोषणाको लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सफारी पर्यटनको दृष्टीले विश्वकै उत्कृष्ठ गन्तव्य चितवन पर्यटकीय राजधानीका लागि उपयुक्त हुने बताइन् । भरतपुर महानगरपालिकाले गत वर्षलाई भ्रमण वर्ष २०२४ को रूपमा मनाएको थियो ।
रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटाले चितवन सबैभन्दा धेरै पर्यटकीय गतिविधि हुने जिल्ला भएको बताए । चितवन राष्ट्रिय निकुञ्जमा रहेको जैविक विविधता, दुर्लभ वन्यजन्तुको अवलोकन, अध्ययन तथा अनुसन्धानका लागि राष्ट्रिय तथा अन्तरराष्ट्रिय पर्यटक यहाँ आउने गरेको उनी बताउँछन् । सरकारको १०० गन्तव्यमा २० हजार ताल, पटिहानी र सोमेश्वर गढी सूचिकृत छन् भने उत्कृष्ट गन्तव्यमा मेघौलीलाई समावेश गरिएको छ ।
पर्यटन विज्ञ विश्वराज सुवेदीले पर्यटनको राजधानी लागि प्रकृति, साँस्कृति, धार्मिक र साहासिक पर्यटकीय गन्तव्य, सहज पहुँच, प्रयाप्त आवस सुविधा, पर्यटक सूचना केन्द्र तथा आवश्यक पूर्वाधार भएकाले पर्यटकीय राजधानी घोषणा गर्न योग्य रहेको बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #चितवनलाई पर्यटकीय राजधानी घोषणा गर्न माग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्